टुकमाया घर्ती
जाजरकोट
दुवै कार्यालय एकै ठाउँमा हुदाँ सेवा प्रवाहमा समस्या भएको बताएको छ ।
जाजरकोटमा पशु अस्पताल तथा पशु सेवा कार्यालय र शसस्त्र प्रहरी बलको कार्यालय एकै ठाउँबाट हुदाँ सेवा प्रवाहमा समस्या भएको हो ।
पशु चौपायाको समस्या भएको बेला पर्याप्त मात्रमा चौर वा ठाउँ नँहुदा अप्ठ्यारो हुने गरेको छ ।
गत कात्तिक १७ गते गएको भुकम्पमा दुई वटा भवन चर्किएपछि समस्या थपिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानु कुमार शर्माले बताए ।
उनले भने, देश संघियतामा गइसकेको भएतापनि दक्ष जनशक्ति नरहेको,भवन नहुदा सेवा प्रवाहमा समस्या, प्रयोगशाला नहुनु,कृषकलाई प्रतीक्षालय नहुनु दुःखद हो ।
शसस्त्र प्रहरी गुल्म जाजरकोटका प्रमुख विकास थापा पनि एउटै गेटबाट प्रवेश गर्दा किसान तथा अन्य व्यक्तिलाई कस्तो प्रकरणमा आएको भनी एकिन गर्न गाह्रो हुने बताउँछन् ।
भेरी नगरपालिका ४ की युरीका किसान उतमा देबी डाँगी एउटै गेटबाट भित्र जादा समस्या हुन्छ कि भन्ने चिन्ता लाग्ने बताउँछन ।सातै पालिकामा घरदैलोमा खोरेत रोग सम्बन्धि २० हजार पशु चौपायालाई खोप लगाइएको छ ।
११ जनाको दरबन्दी भएतापनि ३ जना स्थाई कर्मचारी रहेका छन् ।
काम गर्न अप्ठ्यारो भएपछि सात जना कर्मचारीलाई करारमा राखिएको बताए ।
ठाउँ अभावमा काम गर्न कृषकले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्ने गरेका छन्।
८१ वटा खसी बाख्रा रहेका पिपेका किसान भेजे राना बिरामी पशुचौपायाले सजिलै उपचार पाउन नसकेको गुनासो गर्छन् ।
भुकम्पले १६ वटा व्याउने बाख्रा मरेको बताउछन् ।
डाँगी र राना त एक प्रतिनिधि पात्र मात्र हुन् जाजरकोटका अधिकाश कृषकले न सेवा सुविधा प्राप्त गरका छन् न त जानकारी नै छ ।
समस्या परेको बेला मेडिकलमा गएर महङ्गो औंषधी किन्न बाध्य छन्।
भेटनरी डाक्टरको भरमा उनीहरु आफै डाक्टर बनेर उपचार गर्न बाध्य छन् ।
कहिले धेरै डोज औंषधीका कारण पशु चौपाय मरेको गुनासो पोख्छन्।
राराखबर । २०८०, ४ चैत्र आईतवार