खलंगा पाँचकाटीया सडक संचालन नहुँदा जनतालाई सास्ती

बद्री पन्त
जाजरकोट ११, असोज
खलंगा पाँचकाटीया सडक विगत ४ महिनादेखि खलंगा पा“चकाटीया सडकको यातायात बन्द छ ।
यातायात संचालन नहुदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको पर्यटकीय स्थल समेत रहेको पा“चकाटीया जोड्ने सडकमा यातायात सुचारु गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
बर्षातले सडक भत्किनुको साथै विभिन्न स्थानमा पहिरो गएपछि यातायात अबरुद्ध भएको हो ।
दर्जन गाउ विकास समितिका बासिन्दालाई आवजावतमा सास्ती हु“दा पनि जिल्ला विकास समिति, भेरीमालिका नगरपालिका, सडक डिभीजन चौरजहारी लगाएत वेखबर बनेका छन् ।

ती निकायले सडकको मर्मत संभारमा वेवास्ता गरेको पाइएको छ । पाँचकाटीया सडकमा यातायात नचल्दा ढीमे, पैंक, अर्छानी, पजारु, टालेगाउ, नायकबाडा, रामीडाडा, रोकायगाउ लगाएत गाविसका बासिन्दालाई दिनभरको पैदल यात्रा पछि खलंगा पुग्नु पर्ने वाध्यता छ ।

यातायात संचालन नहुदा ८ जनाले दिनभर डोकोमा बोकेर विरामीलाई जाजरकोट अस्पतालमा पुर्याएको स्थानीय दिर्घराज आरसीले बताए ।
सडकको दर्जनौं स्थानमा पहिरो जानुका साथै आधा दर्जन खोलामा पुल नहु“दा र सडक हिलाम्मे हु“दा यातायात सुचारुमा समस्या आएको ब्यबशायी भीमबहादुर बुढाले बताए ।
IMG_1061सडक मर्मतका लागि सम्बन्धित निकायले वेवास्ता गरेको बुढाले बताए । ग्रामीण भेकका स्थानीयलाई आवतजावतमा सास्ती मात्र हैन, दैनिक उपभोग्य बस्तु ढुवानीमा पनि कठिनाई भएको छ, उनले भने ।
यातायात अवरुद्ध हु“दा विरामी, अपा¨, बुढाबुढी, बालबालिकालाई आवतजावतमा सास्ती भएको छ, उनले भने ।
करोडौं खर्च गरेर निर्माण गरेको उक्त सडकमा ६ महिना पनि यातायात संचालन नहुने गरेको छ ।

सडकको ट्रयाक खुलेकै १० बर्ष वित्यो, तर स्थानीयले यातायातको सुविधा पाउन सकेका छैनन्, बुढाले भने । सडक यातायात संचालन नह“दा दुर्गम गाउमा खाद्यान्नका साथै दैनिक उपभोग्य बस्तुको अभाव भएको उनले बताए ।

डिभीजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नती तर्फ बेवास्ता गर्दा बर्षेनी बर्षातको समयभर यात्रु सास्ती खेप्न वाध्य हुने गरेको टालेगाउका कल्दर सिंहले बताए । ट्रयाक ओपन भएको बर्षौं वित्दा पनि खलंगा पा“चकाटीया सडकको स्तरोन्नती हुन नसकेको सिंहले बताए ।
दर्जनौं घुम्तीका साथै ग्रेडिङ्ग नमिल्दा १५ करोड खर्चेकोे २४ किलोमीटर दुरीको पा“चकाटीया सडकमा यातायात सुचारु हुन नसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नती र निर्माण सम्पन्न हुनु पर्ने स्थानीयको माग छ ।
सडकले खलंगा देखि पा“चकाटीया, पैक, ब्याउली ढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने छ ।
IMG_1092त्यस्तै जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात बन्द भएको ३÷४ महिना वितेको छ । गत असार देखि छेडा थलह, कुदु जगतीपुर, फेरा कार्कीगाउ, बोरा छिप्रेना लगाएत सडकमा यातायात अबरुद्ध भएको छ ।
बर्षात पछि जिल्लामा १ सय किलोमीटर सडकको यातायात रोकिएको हो । करोडौंको लगानीमा निर्मित उक्त सडकमा नियमित यातायात सुचारु नहुने गर्दा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।
सडकमा नाली काट्ने, चौडा पार्ने, ग्रेडीङ्ग मिलाउने, ग्याबीङ्ग, मेसीनरी वाल लगाएत कार्य हुन सकेका छैन ।

ट्रयाक ओपन भएका सडकको समेत स्तरोन्नती नभए पछि यातायात संचालनमा अबरुद्ध भएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।
निर्माण भएका सडक गाडी गुडाउन लायक नबनाएकोले लगानी खेर गएकोे गौतमले बताए ।

दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेका छैनन्, उनले भने । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले समस्या आएको उनले बताए ।
त्यसैगरी पश्चिम क्षेत्रको छेडा थलह सडक पनि चार महिना देखि बन्द छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया