जाजरकोटमा खाद्यान्न संकट, सर्वसाधारण भोकमरीको चपेटा

indexबद्री पन्त
जाजरकोट १०, असार
अनुदानको चामल ढुवानी नगर्दा जाजरकोटको पश्चिम क्षेत्रमा चरम खाद्यान्न संकट भएको छ । १० महिना वितिसक्दा पनि ठेकेदारले चामल ढुवानी नगरेका कारण १५ गाविसका स्थानीय बासिन्दालाई भोकमरीले सताएको हो ।
चामल ढुवानी नहुँदा दशेरा खाद्य डिपो र पजारुको घोगी खाद्य डिपो बन्द छन् । चामल ढुवानीको जिम्मा लिएको बिकेन्द्र कन्ट्रक्सन एण्ड बिकेन्द्र सप्लाएर्स खलंगा १ का ठेकेदार प्रचण्डजगं शाहले २०७२÷६÷२७ गते ठेक्का सम्झौता गरेका थिए । २ वटा डिपोका लागि प्रति डिपो १ क्विन्टल चालम ढुवानी गर्नु पर्ने सम्झौता उल्लेख छ । ठेकेदार शाहले अहिलेसम्म १ सय ५० क्विन्टल चालम ढुवानी गरेको संस्थानको अञ्चल कार्यालय नेपालगंजले जनाएको छ ।

चामल खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगंजमा थन्किएको छ । ८ पटक पत्राचार गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताए । पश्चिमका गाविसमा नेपालगंजबाट चामल ढुवानी हुन्छ, बस्नेतले भने । ठेकेदार मार्फत चामल ढुवानी गराउदा जनताले सहज रुपमा चामल पाउदैनन
खडेरीले यस वर्ष मकै, गहुँ, जौ बाली उत्पादन घटेपछि पश्चिमका दह, मजकोट, कोर्ताङ्ग, गर्खाकोट, थालारैकर, पजारु, सुवानाउली, साल्मा, सीमा, जुगाथापाचौर, दशेरा, टालेगाउँ, अर्छानी लगायतका गाविसमा खाद्य संकट परेको हो । स्थानीय बजारको महँगो चामल किनेर जीवन गुजारा चलाउन वाध्य भएका छन् । गाउँघरमा खाने अन्न सकिएपछि भोकमरी बढेको गर्खाकोटका शोभियत शाहीले बताए ।

अनुदानको चामल ठेकेदारले विच बाटोबाटै बिक्री गर्ने र डिपोमा नपुर्याउदा जनताले चामल नपाएका हुन । ढुवानी ब्यबशायीले चामल आपुर्ति तथा विक्री गर्ने प्रकृयाका कारण डिपोमा जनताले सहज रुपमा चामल पाउँन नसेको स्थानीयको गुनासो छ । गाउँका डिपोहरुमा खाद्यान्न ढुवानी र विक्री वितरणको उचित ब्यबस्थापन नगर्दा विकटका स्थानीयले बर्षौदेखि ढुवानी अनुदानको चामल नियमित पाउन सकेका छैनन् ।
गाउँमा खाने सकिएपछि अधिकांस स्थानीयले गाउँ नै छाडेर भारत तर्फ पलायन भएका छन । गाउँमा प्रति किलो चामलको ८० देखि १०० रुपैया पर्ने गरेको छ । संस्थानको अञ्चल कार्यलय नेपालगंजले दुर्गमका खाद्य डिपोमा चामल पठाउने कुनै सुरसार गरेको छैन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया