मध्यपश्चिममै पहिलो पटक सुर्खेतमा फिटनेस प्रतियोगीता हुदै

सुर्खेत, २७ असार ।
मध्यपश्चिममै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय फिटनेस प्रतियोगीता हुने भएको छ । मध्यपश्चिम फिटनेस सेन्टर सुर्खेतले आउँदो साउन ७ गते प्रदेशस्तरीय फिटनेस प्रतियोगीता गर्न लागेको हो ।
चेन अफ र व्रेन्च प्रेस विद्यामा प्रतियोगीता गर्न लागेको सेन्टरका संचालक प्रमोद हमालले जानकारी दिनुभयो । फिटनेसको विकास र विस्तारको लागि प्रतियोगीता गर्न लागेको पनि उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको कर्भड हलमा संचालन हुने प्रतियोगीतामा २० जना प्रतियोगीले भाग लिने बताएको छ ।
प्रतियोगीतामा प्रथम हुनेलाई ५ हजार, दितीयलाई ३ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिने संचालन हमालले उल्लेख गर्नभयो ।

मध्यपश्चिममै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा हुन लागको प्रदेशस्तरीय फिटनेस प्रतियोगीताको तयारीवारे पत्रकारहरुलाई जानकारी दिदै सेन्टरका संचालक प्रमोद हमाल ।

प्रतियोगीतामा प्रथम हुने खेलाडीलाई काठमाडौमा हुने धर्मश्री प्रतियोगीताको लागि छनौट गरिने  उहाँले बताउनु भयो ।
मध्यपश्चिमै पहिलो पटक हुन लागेको प्रतियोगीताको तयारी तिव्र रुपमा भैइरहेको छ । एक वर्षअघि सुर्खेतमा संचालन भएको मध्यपश्चिम फिटनेस सेन्टरले हरेक वर्ष प्रदेश स्तरीय प्रतियोगीता गर्ने जानकारी दिएको छ ।
सेन्टरमा तौल घटाउने, जुम्वा डान्स, पेटको व्याम, जिम, सावना, वाथ लगायतका विभिन्न शारीरिक अभ्यासहरु गराइन्छ ।
वर्षदिनको अवधिमा ४ सय भन्दा बढीलाई फिटनेस सेवा प्रदान गरिएको सेन्टरका संचालक प्रमोद हमालले बताउनु भयो । उहाँले निकट भविस्यमै दैलेख, जाजरकोट लगायतका ६ नम्वर प्रदेश भित्रका जिल्लाहरुमा फिटनेस सेन्टर खोल्ने योजना रहेको समेत बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया