सुर्खेत, १९ माघ ।
लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले पवित्रता र गोपनीयता लोक सेवा आयोगको आत्म भएको बताउनु भएको छ ।
लोक सेवा आयोगको क्षेत्रीय कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गदै उहाँले पवित्रता र गोपनीयताकै कारण आयोग जनताको विश्वसको धरोहर वन्न सफल भएको उल्लेख गर्नुभयो ।
पवित्रता र गोपनीयतामाथी आयोगले कसैसगँ संझौता नगर्ने उल्लेख गदै अध्यक्ष मैनालीले यो गुमाएको दिन आयोगको औचित्य पनि समाप्न हुने दावी गर्नुभयो ।
पवित्रता र गोपनीयताकै कारण लोक सेवाले दिने परिक्षाप्रति युवाहरुको आर्कषण बढदै गएको समेत बताउनु भयो ।
कार्यक्रममा लोक सेवा आयोगको क्षेत्रीय कार्यालय सुर्खेतका निर्देशक पूर्णमान श्रेष्ठले भवन निर्माण सगै आयोगले लिने ६० प्रतिशत परिक्षा अव आफनै भवनमा हुने बताउनु भयो ।
उहाँले नवनिर्मित भवनमा ३ सय जनालाई राखेर परिक्षा लिन सकिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधव नेपाल, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, जिल्ला वन अधिकृत हेमराज विष्ट लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।
राराखबर । २०७३, १९ माघ बुधबार