जाेशीले दिइन, ३५ रोपनी जग्गा सुकुम्बासी राजीलाई

1

नापी कार्यालयमा जग्गाको कित्ताकाट गदै नापी अधिकृत धर्मराज ओझा, जग्गा दिने जानकी जोशीका छोरा गजराज जोशी र राजीयुवाहरु ।

सुर्खेत, ७ असोज ।
पश्चिम सुर्खेतको घाटगाँउकी जानकी जोशीले सुकुम्बासी अवस्थामा रहेका १० घर राजीहरुलाई निशुल्क जग्गा दिनु भएको छ ।
आफनो नाममा रहेको २५ लाख रुपैया बराबरको ३५ रोपनी जग्गा घाटगाँउ ५ राजीगाउँका सुकुम्बासी राजीलाइ नामसारी गरिदिनु भएको छ ।
आफना श्रीमान शुभनाथ जोशीले दिएको बचन पुरा गर्नको लागि भुमिहिन राजीहरुलाई जग्गा दिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला नापी कार्यालयबाट लगत कट्टा गरी मालपोत कार्यालयबाट उनीहरुले आफनो नाममा जग्गा पास गरेको दानबहादुर राजीले बताउनु भयो ।
पास गरेको जग्गाको लालपुर्जा समय अभावका कारण आज दिन नसकिएकोले पर्सी मात्रै दिने मालपोत कार्यालयले बताएको छ ।
जग्गा पाउदा निकै खुशी लागेको भन्दै उनीहरुले माछा मार्ने र अधिया लगाएर जीवन निर्वाह गर्ने काम छाडेर आफनै जग्गामा खेती गर्ने बताएका छन ।
2१० घर पारिवारलाई एक रोपनीदेखि ७ रोपनीसम्म जग्गा परेको पनि उहाँले बताउँनु भयो ।
जानकी जोशीले पदम बहादुर राजीलाई ७ रोपनी, खकिन्द्र राजीलाई ७ रोपनी, रत्ना राजीलाई ३ रोपनी ८ घुर, फकिरा राजनीलाई १ रोपनी ८ धुर, हस्तना राजीलाई २ रोपानी, प्रमिला राजीलाई २ रोपनी जग्गा दिनु भएको छ ।
यस्तै उदयबहादुर राजीले २ रोपनी २ धुर डेढ आना, नैनेसिं राजीले ३ रोपनी ८ धुर, हिमादेवी राजीले २ रोपनी ४ धुर जग्गा पाउनु भएको छ ।
छुटिएका परिवारलाई कम जग्गा र संगैबसेका परिवारलाई बढी जग्गा परेको जानकी जोशीका माहिला छोरा गजराज जोशीले बताउनु भयो ।
लोपोन्मुख अवस्थामा रहेका राजी जातिको उत्थानको लागि उनीहरुलाई जग्गा दिइएको उहाँले उल्लेख गर्नुभयो ।
घाटगाँउ गाविसमा ३१ घर लोपोन्मुख राजी जाति रहेका छन । १ सय ११ जना महिला र १ सय १ जना पुरुष गरी राजीको जनसंख्या २ सय १२ जना रहेको गाविस सचिव मीनबहादुर भण्डारीले बताउनु भयो ।
उहाँले उनीहरुलाई सरकारले प्रत्येक महिना २ हजार रुपैयाको दरले सामाजिक सुरक्षा भत्ता पनि दिदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया