मधुमेह दिवसमा दुर्गम गाउँमा सेरोफेरोको निशुल्क शिविर

सुर्खेत, २८ कार्तिक ।
अन्तराष्ट्रिय मधुमेह दिवसको अवसरमा सुर्खेतको वराहताल गाउँपालिका ९ लेखगाउँमा निशुल्क मधुमेह परिक्षण शिविर संचालन गरिएको छ ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो, मेलान ६ नम्वर प्रदेश कार्य समिति, मेलान सुर्खेत कार्य समिति र लियो क्लव अफ सुर्खेतले संयुुक्त रुपमा लेखगाउँ स्वास्थ्य चौकीको सहकार्यमा शिविर संचालन गरेका हुन ।


शिविरमा दुई सय जनाको मधुमेहको चेकजाँच गरिएको लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका प्रथम उपाध्यक्ष छविलाल आचार्यले जानकारी दिनभयो ।
शिविरमा स्वास्थ्य चौकीका एचए रमेश गिरी, अनमी यामकुमारी गौतम, ल्याव सहायक हेमराज विसी, मेलानका ल्याव प्राविधिक भुपेन्द्र भण्डारी, बीरेन्द्र न्यौपाने, अजय विक, निरज ढकाल, भुवन भारती लगायतका स्वास्थ्यकर्मीहरुले मधुमेहको परिक्षण गर्नु भएको थियो ।


शिविरको उदघाटन गदै वराहताल गाउँपालिका ९ वडाध्यक्ष झक्कडबहादुर पुलामीले आउदो वडापरिषदवाट सुगर र प्रेसरका विरामीलाई निशुल्क औषधी दिने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लेखगाउँ स्वास्थ्य चौकीमा प्रमुख रामप्रसाद भण्डारीले मधुमेह रोगका लक्षण र यसवाट बच्ने उपायहरुको वारेमा जानकारी दिनुभयो ।


यस्तै मेलान जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष तथा सेरोफेरोका हेल्थ डाइरेक्टर भरत देवकोटाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका जनतालाई घरदैलोमै उपचार दिने उदेश्यले मधुमेह परिक्षण शिविर आयोजना गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सेरोफेरोका सचिव छत्रमणी तिमिल्सेना र प्रथम उपाध्यक्ष छविलाल आचार्यले लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले समाज सेवाको क्षेत्रमा गदै आएको कामको वारेमा चर्चा गर्नु भएको थियो ।


लियो क्लवमा अध्यक्ष गंगाराम आचार्यले संचालन गर्नु भएको थियो भने शिविरमा स्वयम सेवकको रुपमा लियो क्ववमा आवद्ध लोकराज लामिछाने, विष्णु रजाली, विष्णु गुरुङ्ग र सविता खनालले सहयोग गर्नु भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया