जाजरकोट, ३० कार्तिक ।
जाजरकोटमा काँग्रेसको तर्फवाट प्रतिनिधी सभाका उम्मेदवार राजीव विक्रम शाहले निर्वाचनको लागि घरदैलो अभियन तीब्र पार्नु भएको छ । जाजरकोटका सवै गाउँ वस्तीहरुमा पुगेर शाहले समृद्ध जाजरकोट निर्माणको लागि साथ दिन मतदाताहरुलाई आग्रह गर्नु भएको छ । पैसा कमाउन नभई जाजरकोटवासीको सेवाको लागि राजनीतिमा आएको शाहले बताउदै आउनु भएको छ । वाम गठवन्धनका उम्मेदवार शक्ति प्रर्दशनमा जुटिरहको वेला शाहले भने जनताको घरदैलोमै गएर भोट मागिरहनु भएको छ ।
शाहको निर्वाचन अभियानका तस्विर हेर्नुहोस्
राराखबर । २०७४, ३० कार्तिक बिहीबार