सुर्खेत, १५ चैत्र ।
एसओएस बालग्राम सुर्खेतले हुम्लाबाट दुई दिनको शिशुको उद्धार गरेको छ । बच्चा जन्माउन वित्तिकै आमाको मृत्यु भएपछि जोखिमा परेका शिशुलाई उद्धार गरिएको एओएसका निर्देशक मुकुन्दकुमार गिरीले बताउनु भयो ।
जिल्ला बालकल्याण समिति हुल्लाको सिफारिसमा खार्कुनाथ गाउपालिकाबाट शिशुको उद्धार गरिएको हो । चैत्र १३ गते शिशुलाई जन्म दिन वित्तिकै उच्चरक्तश्रावका कारण आमा मानदेवी छन्त्यालको मृत्यु भएपछिा नवजात शिशु समस्यामा परेका थिए ।
शिशुको वुवा बमबहादुर ८ महिनादेखि वेपत्ता रहेका वताएको छ । मानदेविको घरमा वस्दै आएका उनका बुवा पनि छोरी वितेपछि अचेत अवस्थामा रहेकोले शिशुको संरक्षण गर्ने अरु कोही पनि आफन्त नभएकोले शिशुलाई तत्काल एसओएसको संरक्षणमा ल्याइएको निर्देशक गिरीले बताउनु भयो ।
हुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जीवनबहादर शाही, हुम्लाका प्रमुख जिल्ला अधिकारी लगायतले वालक ल्याउनको लागि सहयोग गरेको पनि वालग्रामले जनाएको छ । उद्धार गरिएको शिशुलाई अहिले मन्जुश्री हाउसमा राखिएको र ११ दिनमा न्वारान गरेर नाम राखिने पनि निर्देशक गिरीले बताउनु जानकारी दिनुभयो ।
शिशुलाई खार्पुनाथ गाउँ पालिकाका अध्यक्ष कर्णबहादुर रावल र कलबहादुर शाहीले एसओएससम्म ल्याउन सहयोग गर्नु भएको थियो ।
यसैवीच एसओएस वालग्राम सामाजिक सेवा केन्द्रले २ जना विपन्न एकल महिलालाई जीविकोपार्जनको लागि आर्थिक सहयोग गरेको छ ।
कमजोर आर्थिक अवस्था भएका बीरेन्द्रनगर नगरपालिका १० कि तुल्सा गिरी र ११ की छिटन हमाललाई ६०÷६० हजार रुपैया सहयोग गरेको सेवा केन्द्रका प्रमुख श्याम क्षेतीले बताउनु भयो ।
गिरी र हमाललाई बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, एसओएस वालग्रामका निर्देशक मुकुन्दकुमार गिरी लगायतले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको छ ।
उहाँहरुले गरिरहेको व्यवसायलाई प्रर्वद्धन गरी आत्मनिर्भर बनाउने उदेश्यले नगद रकम प्रदान गरिएको निर्देशक गिरीले बताउनु भयो । जीविकोपार्जन कार्यक्रम अन्तर्गत यसवर्ष १० जना विपन्न महिलालाई जनही ६० हजार रुपैयाको दरले ६ लाख रुपैया सहयोग गर्न लागिएको केन्द्रका प्रमुख क्षेतीले बताउनु भयो ।
चेकहस्तान्तरण गदै नगरप्रमुख सुवेदीले वालग्रामले दिएको रकमको सदुपयोग गरी रोलमोडल वन्न गिरी र हमाललाई सुझाव दिनुभयो ।
यस्तै निर्देशक गिरीले एसओएसले दिएको सहयोगबाट राम्रो व्यवसाय गरे आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
सहयोग रकम वुझ्दै गिरी र हमालले विगतदेखि नै वालग्रामले आफुहरुलाई ठुलो सहयोग गदै आएको भन्दै रकमको सही सदुपयोग गर्ने बताउनु भयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा न ४ का वडाध्यक्ष निलकण्ठ खनाल, १० का अध्यक्ष रत्नबहादुर वुढा, ११ का अध्यक्ष नन्दलाल शर्मा, एसओएसका लेखा प्रमुख सुशिल ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।
राराखबर । २०७४, १५ चैत्र बिहीबार