कर्णाली प्रदेशको कृषि विकासमा आयोजनाको सिकाई मार्ग दर्शक हुन्छ –मन्त्री केसी

सुर्खेत, ७ चैत्र ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सिकाई यस प्रदेशको कृषि विकासको लागि मार्ग दर्शक हुने बताउनु भएको छ ।
सुर्खेतको बीरेन्द्रनगरमा भएको आयोजना समन्वय तथा परमर्श समितिको चाधौ वैठकमा उहाँले यस्तै बनाउनु भएको हो ।
आयोजना लागु भएका क्षेत्रका किसानले गरेको सफलतालाई अरु क्षेत्रका किसानलाई सिकाउन सिकाई आदान प्रदान सम्वन्धी अध्ययन भ्रमण गराउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
मन्त्री केसीले कर्णाली प्रदेशलाई समृद्ध बनाउनको लागि अरु प्रदेश भन्दा पाँच गुणबढी मिहिनेत गर्न पनि कर्मचारीहरुलाई सुझाव दिनुभयो ।
वन मन्त्रालयका सचिव विद्यानाथ झाले आयोजनाले हासिल गरेको उपलव्धी र प्रयोग गरेको प्रविधिलाई अपनाएर कर्णाली प्रदेशको कृषिलाई आधुनिक बनाउन सकिने उल्लेख गर्नुभयो ।
मुख्य मन्त्री कार्यालयका कानुन सचिव कलाधर पौडेलले कृषिको गुरुयोजना बनाएर अघि बढन सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गरिव किसानको जीवनस्तर उकास्न ठुलो योगदान दिएको बताउनु भयो ।
वैठकमा सहभागी किसानहरुले आयोजनाको कारण सुर्खेत तरकारीमा विस्तारै आत्मनिर्भर हुदै गएको बताएका छन ।
वैठकमा आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको संक्षिप्त परिचय र आयोजनाको हालसम्मको प्रगतिको वारेमा जानकारी दिनु भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया