जाजरकोटमा भवन संहिता मिचेर घर निर्माण

माया पन्त
जाजरकोट ६, माघ
जाजरकोटको सदरमुकाम स्थित भेरीमालिका नगरपालिका क्षेत्र भित्र भवन संहिता मिचेर धमाधम घर निर्माण भइरहेका छन् । नगरपालिका स्थापन भएको डेढ बर्ष वितेको छ तर नगरपालिकाको उदासिनताले गर्दा भवन संहिता लागु हुन सकेको छैन । IMG_8160
नगरपालिकाको बस्ती बिकास शहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मार्ग दर्शन २०७२ भवन संहिता लागु हुन सकेको छैन् । नगरपालिका क्षेत्र भित्र एउटा घर बनाउनकोे लागि जग्गाको क्षेत्रफल कम्तिमा पनि ९० बर्ग मिटर हुनुपर्ने हो । जसमा एउटा घर निर्माणको लागि ६ मिटर चौडाइ भएको जग्गा हुनु पर्ने हो तर यहाँ ४ मिटर भन्दा कम चौडाइमा घर निर्माण भइरहेका छन् । तर जिल्ला सदरमकाुम खलंगा बजारमा भने त्यसको पालना भएको छैन ।

सदरमुकाम खलंगा बजारमा निर्माण भएका घर तथा अन्य भौतिक संरचना भवन संहिताको पालना नभएको हो । खलंगा बजारमा मापदन्ड अनुसार एउटा पनि घर निर्माण भएको पाइदैन । ३० बर्ग मिटर भन्दा कम जग्गामा घर निर्माण भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको क्षेत्र भित्रका भुरचौर, कुदु, मटेला, सदरमुकाम खलंगाबजार, बाहुनथाना, कालेगाउँ, रावतगाउँ, रिम्नाबजार लगाएतका स्थानमा भवन संहिताको पालना नभएको हो ।

घर निर्माण गर्दा प्रयोग गरिने सामग्री पनि मापदण्ड अनुसारका छैनन् । नगरपालिका भित्र पर्ने अधिकांश घर तथा भवन मापदण्ड विपरीत निर्माण भएका छन् । बजार भित्रका धेरै घरहरु मापदण्ड अनुसार निर्माण नभएको नगरपालिकाले जनाएको छ । भवन संहिताको बारेमा जानकारी पाएर पनि मापदण्ड अनुसारको घर निर्माण नगर्नेहरु पनि धेरै रहेका छन् । अधिकांस नगरवासीलाई भवन संहिताबारे जानकारी नै छैन् । कतिपयले त मापदण्ड थाहा पाएर पनि अटेरी गरेका छन् । घर वा भवन निर्माण गर्दा परामर्श नलिएरै गर्दा त्यसले थप समस्या भैरहेको छ । प्राविधिकको सल्लाह बेगर निर्माण गरिएका भौतिक संरचना दीगो नहुनुका साथै जोखिमयुक्त हुने देखिएको छ । बजारभित्र एउटा पनि घर मापदण्ड अनुसार निर्माण हुन सकेका हुन् । बजारभित्रका अधिकांश घरहरु भूकम्पीए दृष्टिकोणले अत्याधिक जोखिमयुक्त रहेका छन् । मापदण्ड मिचेर बनाएका घर तथा भवन अत्याधिक भार बहन गर्न सक्ने अवस्थामा छैनन् । जोखिम स्थितिमा रहेका यी घर तथा भवनमा जतिबेला पनि भुकम्पले असर गर्न सक्छ ।”

खलंगा बजारका घर तथा भवनहरु भवन संहिता मात्रै उलंघन गरेर बनाइएको छैन । सडक तलमाथीको सार्वजनिक जग्गा मिचेर समेत बनाइएको छ । जाजरकोट डोल्पा सडकको बीचभागबाट दाया“–बाया“ ८÷८ मिटर हुनुपर्ने सडक डिभिजन चौरजहारी रुकुमले जनाएको छ । खलंगाबजारका अधिकांश घरहरु त्यसलाई मिचेर बनाइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका यस्ता घर छन् । मापदण्ड अनुसार अघि बढ्दा धेरैको घरबास विहिन हुने देखिएको छ । धेरैले जानाजान कानून उलंघ गरेर घर निर्माण गरिरहेका छन् । नगरपालिको लापरवाहिले भवन संहिता पालना नभएको आरोप स्थानियका आरोप छ । भेरीमालिका ३ का केशव खत्रीले आफुले मापदण्ड अनुसार बनाएको भवन पनि नक्सा पास नभएको आरोप लगाए । उनले चार पटक नक्सा पासको लागी जाँदा पनि कर्मचारी अभाव  र कर्मचारी ब्यवस्थापनले नक्सा पासको काम गर्न केही समय लाग्ने भन्दै बर्षदिन देखि अलमल्याईरहेको बताए । नगरपालिकाले अहिले सम्म कर्मचारी अभाव देखाउदै भवनका नक्सा पासमा रोक लगाएपछि स्थानियहरु बैक कर्जा लिन बाट समेत बञ्चित भएका छन् । नक्सा पासका लागी आवश्यक सर्वेक्षक कर्मचारी नभएको भन्दै सयौ नगरबासीका घरका नक्सा पास अलपत्र पारेको हो ।
नगरपालिका घोषणा भएयता निर्माण भएका घर तथा भवनले समेत भवन संहिता पालन नगरेको कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए । नया“ घर बनाइरहेका र बनाउने तयारीमा रहेका सबैलाई मापदण्ड अनुसार बनाउन भनिएपनि अटेरी भएको शर्माको भनाइ छ । मापदण्ड पुर्याएर घर बनाउन सबैको ध्यानाकर्षण गरेका छौं, कार्यकारी अधिकृत शर्माको भनाइ छ । तर भवन संहिता उलंघन गरेर निर्माण गरीएका घर तथा भवनको नगरपालिकाले नक्सा पास नगर्ने शर्माको भनाइ छ । बस्ती बिकास शहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मार्ग दर्शन २०७२ भवन संहिता निर्माणको लागि पुर्वाधार तथा जनशक्ती व्यवस्थापन गरेर भवन संहिता लागु गर्ने तयारी भइरहेको कार्यकारी अधिकृत शर्माले जानकारी दिए । नक्सा पासका लागी नगरपालिकामा सर्वेक्षक नभएकोले काम रोकिएको भएपनि केही समय भित्रै ब्यवस्था गरेर नक्सापासको कार्य संचालन गर्ने र भवन संहिता कडाईका साथ लागु गर्ने योजना छ कार्यकारी अधिकृत शर्माले भने ।




फेसबुकबाट तपाईको प्रतिक्रिया