विरुवा लगाएर वातावरणलाई सन्तुलित राखौं

बद्री पन्त
जाजरकोट २२, जेठ ।
जाजरकोट जिल्लामा ४७ औं विश्व वातावरण दिवस मनाईएको छ । डिभिजन वन कार्यालय हाता भित्र विरुवा रोपेर दिवस मनाईएको हो । स्वच्छ वायु, स्वस्थ जीवन भन्ने नाराका साथ वन कार्यालयको आयोजनामा अशोक, क्रिसमस ट्री, कपुर लगाएतका विभिन्न प्रजातिका विरुवा रोपीएको छ ।


कार्यालयको हाताभित्र साल, सिसौं, आँप, टिक, खोटेसल्ला लगाएतका विभिन्न प्रजातिका १७ वटा रुखमा नाम ट्याक राखिएको छ । बृहत जलाधार अधिकृत श्याम प्रसाद न्यौपानेले क्रिसमस ट्री को विरुवा रोप्दै जाजरकोटबासी सवैले घरमा एकएक विरुवा लगाउनु पर्ने बताउनु भयो । त्यसैगरि निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु सहनीले सालको रुखमा ट्याक लगाउदै एक व्यक्ती एक विरुवा लगाउने सरकारी अभियान भएको सवैले विरुवा लगाउनु पर्ने बताउनु भयो ।
भेरी नगरपालिका ४, का वडा अध्यक्ष लीलाबहादुर शाहले जलवायुजन्य प्रकोपका कारण मानव स्वास्थ्यमा गंभीर असर परिरहेको भन्दै प्रभावलाई सुधार गर्न प्रत्येक नागरिकहरुले बोट, विरुवा लगाएर वातावरणलाई सन्तुलित गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रतिकुल मौषमका कारण डिभिजन वन कार्यालयको हाता भित्र वृक्षारोपन गर्नु परेको डिभिजन वन अधिकृत महेश कुमाईले बताउनु भयो । कार्यक्रममा कार्यालय प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया