सुर्खेत, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको काँक्रेविहारमा बृक्षारोपन गरिएको छ । विंग्स फाउण्डेसन, नेपाली सेना, बीरेन्द्रनगर नगरपालिका वडा न ९ , डिभिजन वन कार्यालय लगायत विभिन्न सरकारी निकायले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले विरुवा लगायतर बृक्षारोपनको सुरुवात गरेका थिए । करिव एक हजार भन्दा बढीको सहभागीता रहेको कार्यक्रमका सहभागीले वातावरण संरक्षणको लागि विरुवा रोप्नुको विकल्प नभएको बताए ।
काँक्रेविहारलाई खुल्ला ‘जु’ को रुपमा विकास गर्छौं – मुख्यमन्त्री शाही
यसैवीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारलाई खुल्ला ‘जु’को रुपमा विकास गरिने बताए । उनले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने उल्लेख गरे ।
स्वच्छ र सफा वातावरण विना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै मुख्यमन्त्री शाहीले जनचेतना अभिवृद्धिसंगै कानुनको कार्यान्वय मार्फत सरसफाई तथा स्वच्छताको प्रवद्र्धन गर्नेमा जोड दिए ।
राराखबर । २०७६, २२ जेष्ठ बुधबार