माया पन्त
जाजरकोट ५ माघ
दुई बर्ष भित्र निर्माण सम्पन्न हुनु पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको जाजरकोट खण्डको ट्रयाक निर्माण शुरु भएको सात बर्ष वित्दा पनि बन्न सकेको छैन निर्माण कम्पनी र सडक आयोजनाको उदासिनता र लापरबाहीले निर्माण कार्य अलपत्र परेको छ । स“गै शुरु गरीएका लोकमार्गको रुकुम र दैलेख खण्डको निर्माण पुरा भैसकेको छ । तर दैलख र रुकुम जोड्ने मुख्य द्धारको रुपमा रहेको जाजरकोट खण्ड समयमा निर्माण सम्पन्न नहुँदा जिल्लाबासीको मोटर चढ्ने सपना अधुरै रहेको छ । जाजरकोट खण्ड दुई बर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेका निर्माण कम्पनीले लोकमार्ग ट्रयाक नै नखोलेर अलपत्र पारेका छन् ।
जिल्लाको कुदु देखि दैलेखको सुया“डा सम्मको ८२ किलोमीटर सडक अन्तरगत पर्ने कार्कीगाउ ४ काँडा स्थित मन्ता भिरको करीब ४ सय मिटर कडा चट्टानको निर्माण कार्य अलपत्र परेको हो । उक्त खण्डको निर्माण जिम्मा लिएको धनन्जय सिद्धार्थ जेभीले निर्माण कार्य अलपत्र पारेपछि सम्बन्धित निकायले चासो नदिएको स्थानियको आरोप छ । सम्बन्धित निकायको उदासिनताकै कारण कारण यो सडक लामो समय अलपत्र परेको हो कार्कीगाँउका प्रशोधन केसीले भने । जाजरकोट खण्डको ट्रयाक खुली सकेको सम्बन्धित विभाग लगायतका निकायमा मध्यपहाडी लोकमार्गले प्रगति प्रतिवेदन समेत बुझाईसकेको छ तर ठेकेदार कम्पनीले चार सय मिटर कडा चट्टानको काम पुरा नगर्दा र तीन ओटा सडक पुल निर्माण नहुँदा यातायात संचालनमा आउन नसकेको हो ।
अन्य ठाँउको सडकको ट्रयाक खोली स्तरोन्नती गर्ने कार्य भैरहेपनि कार्कीगाँउ स्थित मन्ताभीर र सडक पुलका ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ताकेता गरिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्गका डिभीजन ईन्जिनियर नारायण प्रसाद निउरेले बताए । उनले आफु सरुवा भएर आएदेखी कामले गति लिएको दावी गरे । फेरा खोलाको सडक पुल केही दिनमै ढलान गर्ने चरणमा पुगेको र भेरी नदीमा निर्माणाधिन पुलको काम भैरहेको छ । कामको प्रगति राम्रै छ मन्ताभीर पनि अवको २ महिना भित्रै ट्याक खोल्ने काम सम्पन्न हुन्छ ईन्जिनियर निउरेले भने । आफुले ताकेता गरेपछि केही समय अघि काम थालेको निर्माण कम्पनीले जोजरको चट्टान काट्ने बकेट भाँचिएपछि काम रोकिएको उनले बताए । उक्त बकेट निर्माणको लागी नेपालगञ्ज लगिएको र केही दिनमै सडक निर्माणको काम सुचारु हुने निउरेको भनाई छ । थलह खोलामा निर्माण गर्नु पर्ने सडकपुलको भने अहिले सम्म टेण्डर नै नभएको उनले बताए । गत बर्ष सम्म निर्माणमा पुर्वी क्षेत्रमा जोड दिएका थियौ यस बर्ष देखी पश्चिमतिर फोकस गरिरहेका छौ डिभिजन ईन्जिनियर निउरेले भने ।
सडक निर्माण रोकिएपछि दुई बर्ष भित्रै यातायात संचालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेकोे छ । काम नगर्ने ब्यबशायीलाई कारबाहीको प्रकृया अघि बढाउनु पर्ने नागरिक अगुवा केशवजंग शाहले बताए । कतिपय ब्यबशायीले अर्काको फर्मबाट काम लिने र कार्य शुरु गर्ने, पेश्की लिने, अनि काम पुरा नगरेरै अलपत्र छाडेर भाग्ने गर्दा सडक निर्माणमा ढिलाई भएको उनको भनाई छ । कतिपय ब्यबशायीले निर्माण कार्य रोकिएको २÷३ बर्ष वित्दा पनि कार्य अघि बढाउन आनाकानी गरेका छन्, । विचमै काम छाड्ने र लापरबाही गर्ने कम्पनी उपर सम्बन्धित निकायबाट कुनै कारबाही नहुनुले समस्या भएको जगतीपुरका ज्ञानीप्रसाद शर्माले वताए । निर्माण ब्यवसायीलाई राजनैतिक संरक्षणका कारण काम जति ढिलो गर्दा पनि कारवाही नहुने गरेको उनले बताए ।
जाजरकोट भुभागको सडक निर्माणमा डेड्दर्जन कम्पनीको संग्लग्नता रहेको थियो । समयमा निर्माण कार्य पुरा नहु“दा निर्माण भएको सडक पनि जीर्ण हुन थालेको स्थानियहरु वताउछन । आयोजनाले जाजरकोट खण्डको निर्माणमा ८० करोड बढी रकम खर्च गरि सकेको छ । ट्रयाक नै नखुलिसकेको यस सडक खण्डको यसै आर्थिक बर्षमा स्तरोन्नती गरी कालोपत्रे गर्नको लागी सर्भे डिजाईन समेत गर्ने तयारी गरिरहेको पश्चिम क्षेत्र हेर्ने दाङ्ग स्थित मध्यपहाडी लोकमार्गको कार्यालयले जनाएको छ ।
राराखबर । २०७३, ५ माघ बुधबार