वालिका बलात्कार गर्ने प्रहरी खोरमा

indexरुकुम, ६ साउन ।

११ वर्षका बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले रुकुममा एकजनालार्इ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमले गराइला–३ का ४० वर्षका नरबहादुर दमाइलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

डिएसपी रुपेश खड्काले गत २ गते राति घरमा सुतेका बेला बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा अनुसन्धानकालागि दमाइलाई पक्राउ गरेको जानकारी दिनुभयो।

पीडित पक्षले  वुधवार जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दर्ता गरेका हुन।




फेसबुकबाट तपाईको प्रतिक्रिया