सुर्खेत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बिहीवार सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा आगामी आमनिर्वाचनपछि एमाले वा नेपाली कांग्रेसको सरकार बन्ने सम्भावना मात्रै रहेको बताएका छन् ।
उनले दलहरूले अलग-अलग प्रतिस्पर्धा गर्दा बहुमत स्पष्ट रूपमा आउने कुरामा विश्वास प्रकट गरेका हुन् ।
भट्टराईले भने, “आगामी चुनावमा पार्टीहरू एक्लै एक्लै प्रतिस्पर्धा गर्दा बहुमत कांग्रेस वा एमालेले ल्याउने सम्भावना रहन्छ। त्यसैले ०८४ पछि यी दुईमध्ये कुनै एकको सरकार बन्ने निश्चित देखिन्छ।”
उनले वर्तमान सरकार ०८४ मंसिर ४ गतेसम्म टिक्ने दाबी गरेका छन् । वर्तमान सरकार बाहिरी माध्यममा परिवर्तन हुने टिप्पणीलाई आधारहीन भन्दै भने, सरकारले ल्याएका अध्यादेशहरू जुनसुकै अवस्थामा पास हुने सुनिश्चितता छ।
उनले थपे, “यदि अध्यादेश पास भएन भने वैकल्पिक उपायका लागि हामीसँग व्यवस्था अवस्थित छ। साथै, सामाजिक सञ्जाल विधेयक नियमनका लागि ल्याइएको उनले बताए ।”
कांग्रेस र एमालेको समन्वयबाट उत्पन्न आत्मविश्वासले आगामी राजनीतिक परिदृश्यमा प्रभाव पार्ने विश्वासका साथ उनले सुर्खेत विमानस्थल विस्तारमा सरकारको विशेष जोड रहेको बताएका छन् ।
विमानस्थल विस्तार परियोजनाका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् ।
सन्तोष भण्डारी । २०८१, ८ फाल्गुन बिहीबार