सुर्खेत
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ३५ औं अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
दिवसमा विद्यालयका प्राचार्य हरिहर बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालय राम्रो नजिता ल्याउन र शिक्षाको गुणस्तर सुधार गर्नको लागि आफ्नो टिम अहोरात्र लागि परको बताए ।
उनले विधालयको शैक्षिक विकासमा सहयोग गर्ने प्रदेश सरकार, नगरपालिका, शिक्षक अभिभावकलयायत सरोकारवाल सबैप्रति आभार व्यक्त गरे ।
अभिभावक दिवस तथा खेल सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कंडेलले कर्णालीको शैक्षिक विकासमा एसओएस हर्मन माइनर विद्यालयको ठूलो योगदान रहेको बताए ।
सुर्खेतमा पछिल्लो समय हरेक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन स्वच्छ प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै उनले एसओएस हर्मन माइनर विद्यालयले आफुलाई सधैँ अव्वल सावित गर्न सक्नु पर्नेमा जोड दिए ।
विद्यालयले विज्ञान र प्रविधिलाई शिक्षाको माध्यम बनाई गुणस्तरीय शिक्षा दिने गरेको र अव विद्यार्थीलाई असल संस्कारयुक्त शिक्षा प्रदान गर्न तर्फ लागु पनि मुख्यमन्त्रीले सुझाव दिए ।
समाजसेवी एवं बालरोग विशेषज्ञ डा. नवराज केसीले विद्यालयले बालबालिकाहरुलाई शिक्षामात्र नदिई स्वस्थ मानसिक स्वास्थ्य समेतमा राम्रो ध्यान दिएकोमा प्रसंशा गरे ।
कार्यक्रमको एसओएस बालग्राम सुर्खेतका निर्देशक तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेको अध्यक्षतामा भएको हो ।
राराखबर । २०८१, २६ माघ शनिबार