
केशव ढकाल । फेसवुकवाट
सकिएन अँह सकिएन,भष्ट्राचारीसंग सकिएन
सधै कुमारै बस्ने, बाल ब्रम्हाचारीसंग सकिएन ।
कस्तो कस्तो जमाना आयो हरे प्रभु हिजोआज
घुस नलिर्इ काम नगर्ने, कर्मचारीसंग सकिएन ।।
बेथिति र बिसंगति यत्रतत्र सर्वत्र फैलियो
के गर्नु धर्मछाडा, व्यभिचारीसंग सकिएन ।
महंगी र कालोबजारी मौलाएको बेला चारैतिर
सबै ठिक छ रे, सरकारी अधिकारीसंग सकिएन ।।
खै किन हो, कलियुग भएर होला कि सायद
घुसखोरी, अन्यायी र अत्याचारीसंग सकिएन ।
ढकाल रेडियो भेरीका सम्पादक हुनुहुन्छ ।
राराखबर । २०७३, २९ असार बुधबार