सुर्खेत । मन्त्रिपरिषद्को आजको बैठकले प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।
पौडेल हाल कर्णाली प्रदेशको कायममुकायम प्रमुख सचिवको रूपमा काम गर्दै आएका छन्। यस अघि २ पटक बढुवाका लागी सिफारिसमा परेका पौडेल तेस्रो पटक सचिवमा बढुवा भएका हुन।
गत भदौमा सरकारले पौडेललाई कर्णाली प्रदेशको कायममुकायम प्रमुख सचिवको नियुक्त गरेर पठाइएको थियो।
लोक सेवा आयोगको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा. हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो। जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो।

बढुवासँगै उनको पदस्थापन पनि कर्णाली प्रदेशमै हुने बताइएको छ।
कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा काम गरिसकेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।
३० वर्षीय सेवा अवधिका कारण ११ गते अनिवार्य अवकाश हुन लागेका भण्डारीले ५ दिन बाँकी छदै राजीनामा दिएका थिए। निजामती सेवामा केही बढी पेन्सन पाउने लोभले कतिपय सचिवहरूले अनिवार्य अवकाश हुनु भन्दा केही समय पहिले नै राजीनामा दिने गर्दै आएका छन्।
अघिल्लो वर्ष एमाले र माओवादीबीच गठबन्धन हुँदा एमालेको कोटाबाट डा. कुसेन्द्रबहादुर महत र प्रा. डा. संगीता सिंह सदस्य नियुक्त भएका थिए । तर छोटो समयमै एमाले सरकारबाट बाहिरिए पनि उनीहरूले पनि राजीनामा दिएका थिए।
राराखबर । २०८०, ८ चैत्र बिहीबार