कर्णाली पूर्व प्रमुख सचिव भण्डारीको राजीनामा स्वीकृत

सुर्खेत । सरकारले कर्णाली प्रदेश सरकारका पूर्व प्रमुख सचिव समेत रहेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो ।

भण्डारी ११ चैतदेखि अनिवार्य अवकाशमा जाँदै थिए । अवकाशमा जानुभन्दा ५ दिनअिघ उनको राजनीमा स्वीकृत भएको हो ।

निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोजेमाा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा केही बढी पेन्सन पाउने व्यवस्था छ ।

यसकै कारण कतिपय सचिवहरुले ५८ वर्ष उमेर पुग्न केही दिन बाँकी छँदै वा ५ वर्षे कार्यकाल नसकिंदै राजीनामा दिने गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया