सुर्खेत
समाजसेवी सुवास अधिकारीले मानव सेवा आश्रमको भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १५ रुपैया सहयोग गरेका छन ।
उत्तरगंगा वोडिङ स्कूलका संचालक र प्रिन्सिपल समेत रहेका अधिकारीले बुधवार महायज्ञस्थलमै आएर आफ्नो परिवारको तर्फबाट भवनको एउटा कोठा निर्माणका लागि रकम प्रदान गरेको महायज्ञ आयोजक मुल समितिका संयोजक डा. नवराज केसीले बताए ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।
मानवसेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रबारदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्दै आएको छ ।
राराखबर । २०८१, २७ मंसिर बिहीबार