
सुर्खेत – सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानहरूमा व्यापक भेटघाट गर्ने हुनुभएको छ।
“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मुख्य नाराका साथ उहाँले आज अर्थात माघ २६ गते सोमबारका दिन विशेष भेटघाट तालिका सार्वजनिक गर्नुभएको छ।
स्थानीयस्तरमा विकासका आवश्यकता बुझ्न र जनताका समस्या प्रत्यक्ष सुन्नका लागि उहाँले वडा नं. २ र ४ का विभिन्न टोलहरूमा पुग्ने कार्यक्रम तय भएको छ।
बासस्थान:
उक्त दिनको भेटघाट र संवादपछि उहाँको बासस्थान गुर्भाकोट नगरपालिका वडा नं. १ घुमाउने मा रहने जानकारी दिइएको छ।
भेटघाट तालिकाको विस्तृत विवरण:
| समय | स्थान / टोलहरू |
| बिहान ०८:०० देखि ०१:३० सम्म | गुर्भाकोट न.पा. ४: पौखरा, पारेखेत, दमारगाउँ, आ.बि. सहारे, घर्तीटोल, आपटाकुरा, आपखोली, डाँडागाउँ र माझखर्क |
| दिउँसो ०१:३० देखि साँझ ०७:०० सम्म | गुर्भाकोट न.पा. २: बाघखोर, वर्दि, दाप्चे, देउतीडाँडा, खरीगैरा, स्वास्थ्य चौकी रातामाटे, दह, कोटखोला, चिउरीडाँडा र गैरीबजार |
राराखबर । २०८२, २६ माघ सोमबार