दुर्गमका विपन्न विद्यार्थीलाई एसओएसको सहयोग

सुर्खेत, ६ असार ।
एसओएस बालग्रामले पश्चिम सुर्खेतको दुर्गम गाउँमा रहेको एउटा विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

एसओएस बालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरको १०० औं जन्मजयन्ती र एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।


एसओएस सामाजिक केन्द्र सुर्खेतले शुक्रबार एक विशेष कार्यक्रमका वीच बराहताल गाउँपालिका ५ करियापानीस्थित मानेश्वर आधारभूत विद्यालयका एक सय ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।


कार्यक्रमको उदेश्यमाथी चर्चा गदै एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले यो विद्यालयमा पढ्ने अधिकाश विद्यार्थी आर्थिक रुपमा विपन्न नागरिकका छोराछोरी भएकोले सहयोग गरेको बताए ।


उनले एसओएसको सहयोगबाट बालबालिकाहरुलाई पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरे ।

अभिभावक गुमाएका, समस्यामा परेका बालबालिकालाई स्थापना कालदेखि नै एसओएसले सहयोग र अभिभावकत्व दिदै आएको निर्देशक गिरीले उल्लेख गरे ।


कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य यज्ञबहादुर बिसीले एसओएसको सहयोगले शैक्षिक सामाग्रीको अभावले गर्दा पढाई लेखाई प्रभावित भएका र हुनसक्ने विपन्न बालबालिकालाई पढ्नको लागि हैसला मिलेको बताए ।


शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बराहताल गाउँपालिका वडा न ५ का अध्यक्ष तिलक मर्साङ्गी, विद्यालयका प्रधानाध्यापक गोविन्द पुलामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दा लामिछानेले एसओएसको सामाजिक कामको उच्च प्रशंसा गदै आगामी दिनमा पनि दुर्गम गाउँबस्तीका विपन्न विद्यार्थीले निरन्तर सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।


शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरुले आफुहरुलाई पढ्नको लागि ठुलो प्रेरणा मिलेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रदेश सभा सांसद यज्ञबहादुर विसी, एसओएसका निर्देशक मुकुन्दकुमार गिरी, एसओएसका सहायक निर्देशक शुसिल ज्ञवाली, एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य जगदिश ढकाल, प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी, बीरेन्द्रनगर नगरपालिका वडा न ४ का वडाध्यक्ष निलकण्ठ खनालले शैक्षिक सामाग्री प्रदान गरेका थिए ।

यस्तै एसओएस सामाजिक सेवा केन्द्रका प्रमुख श्याम क्षेत्री, निराजन शाही, बराहताल गाउँपालिका वडा न -५, का अध्यक्ष तिलक मर्साङ्गी, प्रधानाध्यापक गोविन्द पुलामी, व्यवस्थापन समितिका अध्यक्ष नन्दा लामिछाने लगायत अगुवा समाजसेवीले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका थिए ।


२०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले १ सय ३० जना विद्यार्थी छन् । यो विद्यालयमा मगर, दलित, क्षेत्री समुदायको बालबालिका अध्ययनरत छन् ।


विद्यालयमा पढने सवै विद्याथीलाई कापी, कलम, इरेजर, कटर, विद्यालय पोशाक, हाते रुमाल, ब्रस मञ्जन, टिपिन वक्ससहित झोला दिएको एसओएस सामाजिक सेवा केन्द्रका प्रमुख श्याम क्षेत्रीले जानकारी दिए ।


उनीहरुलाई करिव २ लाख ६० हजार रुपौया बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको पनि उनले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया