सामाजिक अभियन्ता पारसविक्रम केसीको नजरमा नलगाडका वडाध्यक्ष बद्री पन्त

सामाजिक अभियन्ता पारसविक्रम केसी ।

सरकारमा हुँदा कसले के गरयो ?  कसले के गर्दैछ ।  त्यता म जादिन, तर मेरो एउटा घमण्ड छ,  राम्रो कुरालाई राम्रो र गलत मान्छेलाई गलत भन्न सक्ने मुटु म भित्र छ ।
म सँग संगत र भेटघाट त भएको छैन । तर बिगत ७ बर्ष यता मैले जाजरकोट जिल्लामा एउटा यस्तो मान्छे देखेको र सुनेको छु । जसलाई फेसन, मोज मस्ती, हाईफाइको जीवनयापन गर्ने सोच छैन ।
त्यो व्यक्तिलाई कसैको आलोचना टिकाटिप्पनी, भ्रष्टाचार गर्ने, झुट बोल्ने, कसलाई ढाट्ने, अरुलाई बिग्रार्ने, आफु महान बन्न खोज्नु, चर्चामा आउन चाहाने कुनै सोच नभएको मान्छे देखे ।
उनी हुन नलगाड नगरपालिका ४ का वडाध्यक्ष अध्यक्ष बद्री पन्त ।
संसारमा धेरै थरीका मान्छे आफनै स्वभाव आनीवानी हुन्छन । चाहे ति शासक हुन, चाहे ति व्यापारी, उधोगपति जुनसुकै पेसाका भएपनि मानवीय सेवा गर्ने कुरामा फरक बिचार धारणाका हुन्छ्न ।
विश्वको जुनसुकै सरकारको नेतृत्व गर्ने मान्छे आफु के सम्झना गछ्र्न भन्दा मेरो नेतृत्वमा हुँदा टन्न धन कमाउनु पर्छ । कुनैको सोचाइमा मेरो पालामा अब जनतालाई काम गरेर देखाउँछु देखाउँनु पर्छ भन्ने हुन्छन भने संसार ईमानदारिताले पनि चल्छ भन्ने सोच हुन्छ ।
बिगत लामो समय जाजरकोट जिल्लाको राजनीति र नेतृत्व गर्ने नेता हेर्दा मैले पाएको र मेरो नजरमा मुल्यांकनमा वर्तमान र भविस्य हेर्दा कुनै पनि राज्यको राजनीतिक पोस्टमा पुग्ने छ्न भन्ने विश्ववास छैन ।
भाषणमा एउटा छ, व्यवहारिक अकै छ अधिकाश नेताको देखाउने र चपाउने दाँत अलि फरक छ । वडा अध्यक्ष पन्तको काम गर्ने शैली साह्रै चित बुझ्ने जनताले मन पराउने र अरुले पनि केही सिक्ने खालको छ ।
उहाँ निर्वाचित भएको धेरै भएको छैन । उहाँको जीवन शैली, काम गर्ने तौतरिका जनताप्रतिको ईमानदार देख्दा उहाँजस्तै नेता अव स्वतन्त्र उठेपनि यहि काम र ईमानदारिता आनी वानी निष्ठा, त्याग रहे धेरै कुर्न पर्दैन, १० बर्षमै जनताले सासद नबनाउलान भन्न सकिन्न ?

जनताको घरदैलोमै पुगेर सेवा गदै वडाध्यक्ष बद्री पन्त

धेरै जनप्रतिनिधि छ्न तर उहाँको काम गर्ने सेवा गर्ने जनताको मन जित्ने तौतरिका अलि फरक छ । बद्री पन्त जस्तै अरु जनप्रतिनिधिले पनि यसैगरी त्याग ईमानदारिता र फरक शैलीको काम गरे देश उहिलै बनिसकेको हुन्थ्यो होला ।
अन्तमा मेरो व्यक्तिगत सुझाव वडा अध्यक्ष पन्तलाई के छ भने कसैको डर धम्की, दादागिरी, अत्याचार, अन्याय नसहनु होला ।


तपाईंको यो काम गर्ने शैलीले भोली सांसद मन्त्री हुन जनतामा जानु पर्दैन ?
भोली जनता यस्तै खालको नेता खोज्न आफै आग्रह गर्दछर्न । कुनै दलले एकपटकलाई कसलाई सरकारी सेवा पुर्याउन सक्छ । दल भन्दा माथि उठेर जनताको मन जित्ने र परिवर्तन खोज्ने कार्यकाल होस् ।
एक छाक खाना त काठको कोशीमा पनि पाक्छ । तर सधैं पकाउन उहि फलामको भाँडो नै चाहिन्छ । हर्क साम्पाङ पनि यसरी नै नेता भएका हुन । (सामाजिक अभियन्ता केसीको फेसवुकबाट)




फेसबुकबाट तपाईको प्रतिक्रिया