सक्लामा ३५ लाख रुपैयाँ लुकाएर परिसद, नियमक निकाय मुखदर्शक

सुर्खेत, २ फागुन ।
जाजरकोटको सल्ला गाविसमा ३५ लाख रुपैया दलका नेता र गाविस सचिवले मिलिजुली वाँडेका छन ।
गाविसमा बढेर आएको ३५ लाख रुपैया कसैलाई थाहै नदिई गुपचुप रुपमा उनीहरुले मिलिजुली वाँडेको रहस्य खुलेको हो ।
३५ लाख रुपैया नदेखाएर गत पुष २८ गते गाउँ परिषद सम्पन्न गरिएको थियो । तर रकम लुकाएर गाउँ परिषद गरेको थाहाँ भएपछि फेरी माघ २९ गते गाउ परिषद गर्न खोज्दा स्थानीयले व्यापक विरोध गरेका थिए ।
जनताको विरोधका बाबजुद पनि काँग्रेस, एमाले, माओवादी लगायत दलका सीमित नेताहरु बसी जवरजस्ती परिषद गरिएको नाटक गरेको स्थानीयले आरोप लगाएका छन ।
बढेर आएको ३५ लाख रुपैया मध्ये १५ लाख एउटा विद्युतमा, ५ लाख अर्को विद्युतमा, ५ लाख गाविसलाई आफनो तरिकाले समान खरीद गर्न र वाकी रकम दलका नेताले भनेको ठाउँमा विकासको लागि भन्दै भागवन्डा गरेको स्थानीयले आरोप लगाएका छन ।
गाउँ परिषदमा बढेर आएको रुपैया नदेखाए काँग्रेस, एमाले र माओवादीका गाउँ स्तरीय नेताले आफना अनुकुल हुने गरी वाँडेको बताएको छ ।
बढेर आएको कसैलाई थाहा नै नदिएर आफनो स्वार्थ अनुसार वाड्दा पनि जिल्ला बिकास समिति र जिल्ला प्रशासन लगायतका निगमक निकाय भने मुखदर्शक भएको स्थानीयको गुनासो छ ।
उनीहरुले विकासको लागि आएको बजेट विकासमै खर्च गर्नेमा चोर बाटोवाट आफनो अनुकुल हुने गरी खर्च गर्नु जनताप्रति वेवास्था गर्न खोजिएको उल्लेख गरेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया