अस्पतालको सेवा सुधारको माग गदै मन्त्रालयमा डेलिकेशन

माया पन्त
जाजरकोट ३, फागुन
जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहको नेतृत्वमा अस्पतालको स्तरबृद्धि र सेवासुधारको माग गदै राजधानी काठमान्डौमा डेलिकेशन गएको छ । सेवा तथा स्तर सुधारको माग गदै अस्पताल विकास समितिका अध्यक्षका साथै जाजरकोटका सासद राजिब बिक्रम शाह, अस्पतालकी निमित्त प्रमुख डा. चाँदनी जैसवाल लगायत विभिन्न राजनैतिक दल र सरोकारवाला सहित एक दर्जन काठ्मान्डौ पुगेका हुन् ।
डेलिकेशन टोलीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई मन्त्रालयमै भेटेर अस्पतालमा विशेषज्ञ सेवा सहितको सेवा सुधारको माग गरेको हो । नौ जना विशेषज्ञ चिकित्सकको ब्यवस्था, ब्लड बैक, शैया थप, विभिन्न विशेषज्ञ सेवा सुचारु गर्नका लागी अत्याधुनिक उपकरण सहितका भवन निर्माण लगायत माग राखी अस्पतालको सेवा सुधारका लागी मन्त्रीलाई आग्रह गरिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले बताउनु भयो ।
विभिन्न प्रकारका स्वास्थ्य समस्याले सताई रहने जाजरकोट अस्पताल लगायतका स्वास्थ्य संस्थाको सेवा सुधारको लागि मन्त्रीले चासो र चिन्ता लिनुभएको छ’ अध्यक्ष शाहले भन्नु भयो ‘अस्थायी पुर्वाधारको निर्माण गरेर भएपनि अस्पतालमा केही समय भित्रै विशेषज्ञ सेवा संचालनको लागी तत्काल मातहतका निकायलाई निर्देशन दिने मन्त्रीले प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।’
अध्यक्ष शाहले अस्पतालको अस्तव्यस्त अवस्थालाई सुधारको लागी मन्त्री समक्ष कार्ययोजना सहितको खाका पेश गर्नु भयो । अस्पतालको भौतिक अवस्थालाई सुधार गर्ने र उपचारको भरपर्दो ब्यवस्था सहितको सेवा सुधारको योजना पेश गरेका छन । विशेषज्ञ प्राविधिक  जनशक्ति र  आवश्यक उपकरण सहित सेवा सुधारको माग गरेका छौ अध्यक्ष शाहले भन्नु भयो सामान्य उपचारका लागी पनि हजारौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हटाउने प्रयत्नमा लागेका छौ ।
अस्पतालका समस्याहरुलाई तत्काल समाधान गर्न चिकित्सकहरुको लागि उचित आवासको व्यवस्था, चौबीसै घन्टा पानी र विद्युत्तको ब्यवस्था गर्न पहल गर्ने, थप अर्को एम्बुलेन्सको ब्यवस्था ,एक्सरे सेवा,  ल्याव , शल्यक्रिया, चौबीसै घन्टा विरामी चेक जाँचलाई प्रभावकारी रुपमा सुचारु गरिने कार्ययोजनामा प्राथमिकताका साथ उल्लेख गरिएको छ । त्यस्तै उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक भौतिक पुर्वाधारका लागी विशेष पहल गर्ने कार्ययोजनामा जनाईएको छ । ‘यी सवै कामका लागी तत्काल ३ करोड र दिर्घकालिन रुपमा करीव एक अर्ब रुपैया आवश्यक पर्छ । उक्त रकम ब्यवस्थापनका लागी पनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्यमन्त्री, अर्थ मन्त्रालय, राजनैतिक दल, जिल्लाका सासदहरु र अस्पतालको आफ्नै स्रोत ब्यवस्थित रुपमा ब्यवस्थापन गरिनेछ’ अध्यक्ष शाहले भन्नु भयो ‘यो अस्पताल जिल्लाकै प्रतिष्ठा र आम नागरिकको स्वास्थ्य सँग जोडिएको हुनाले यसको सुधारको लागी सवै एकजुट हुनुपर्छ ।’
मानव जनशक्ति, प्राविधिक उपकरण, भवनको अभाव, एम्बुलेन्सको अपर्याप्तता लगायतका समस्या झेलिरहेको जिल्ला अस्पताललाई १५ शैयाबाट स्तरोन्नतरी गरी ५० शैयाको अस्पताल घोषणा गरिएपनि नागरिकले हालसम्म प्राथमिक उपचार भन्दा बढीको सुविधा पाउन नसकेको सर्वसाधारणको गुनासो छ ।

अस्पतालको स्तरबृद्धि सँगै सेवा बढ्नेमा स्थानियबासिन्दा आशावादी देखिएका थिए तर सम्बन्धित निकायको उदासिनताका कारण अस्पतालले दिने सेवामा कुनै परिवर्तन नहुँदा निराश भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया