एसओएस सुर्खेतका विद्यार्थी चीन र स्वीडेनका विद्यालयमा

सुर्खेत, ९ माघ ।
विद्यालयविद्यार्थी र शिक्षकवीच सिकाई आदान प्रदान गर्न एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको छ ।
स्थानीय स्तरमा भैरव माध्यामिक विद्यालय, राष्ट्रिय स्तरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका साथै अन्तराष्ट्रिय स्तरमा चीन र स्वीडेनका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए ।


भगिनी सम्वन्ध कायम भएका विद्यालयसँग सिकाई आदान प्रदानका साथै विभिन्न समयमा शिक्षक र विद्यार्थीलाई अवलोकन भ्रमणमा गराउने पनि उनले उल्लेख गरे ।
सम्भव भएसम्म चीन र स्वीडेनका विद्यालयका शिक्षक र विद्यार्थीले पनि हर्मन माइनर विद्यालय सुर्खेतको अवलोकन भ्रमण पनि गर्ने उनले जानकारी दिए ।


स्थानीय स्तरमा शैक्षिक सामाग्री, पुस्तकालय, खेल मैदान, शैक्षिक प्रयोगशाला प्रयोग पनि गरिने छ । बीरेन्द्रनगरमा एक बिहिवार तीनवटै तहका विद्यालयसँग भगिनी सम्वन्ध जोडिएको जानकारी दिइएको छ ।
कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ललितविक्रम सिंहले यसले शिक्षाको गुणस्तर बृद्धि गर्न र विद्यार्थीलाई सिकाई उपलव्धी हासिल गर्न सघाउने बताए ।


बीरेन्द्रनगर नगरपालिका वडा न ४ का वडाध्यक्ष निलकण्ठ खनालले यो सम्वन्धले विद्यार्थीले झन् धेरै जान्ने र बुझ्ने अवसर पाउने विश्वास व्यक्त गरे ।
एसओएस वालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले नयाँ प्राचार्यको आगमनसँगै हर्मन माइनर विद्यालयले नयाँ उडान भरेको उल्लेख गरे ।


यस्तै विद्यालयका पूर्व विद्यार्थी गोविन्द केसीले विद्यालयले थालेको नयाँ अभियानले विद्यार्थीलाई प्रविधिसँग जोडदै अरु देशको शैक्षिक स्तरबारे बुझ्ने अवसर मिल्ने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया