भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

बद्री पन्त
जाजरकोट १३, माघ
जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ । सो पुलको २०७६÷०८÷१५ मा सम्झौता भैइ २०७७÷०८÷१५ मा कार्य सम्पन्त गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।


२ करोड २८ लाख ७१ हजार एक सय ८७ रुपैंया लागतको उक्त पुलको लम्बाई २५.६० मिटर र चौडाइ ८.४० मिटर रहेको छ । तोकेको समय अगावै पुल निर्माण गर्ने गरी काम भइ रहेको छ । पुलको दुवै तिर ‘फाउन्डेसन’ तयार गर्ने काम भइरहेको निर्माण व्यवसायी जनबहादुर बुढाले बताउनु भएको छ । तोकिएको समयअवधीमै पुल निर्माण हुन्छ बुढाको भनाइ छ । पुल वनेपछि जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत विभिन्न स्थानमा यातायात सेवा सन्चालनमा सहज हुने छ । बर्खामा पुल नहुदा यातायातका साधन खोला वारपार गर्न निकै सास्ती खेप्नु परेको यातायात व्यवसायी भीमबहादुर बसढाले बताउनु भयो । पुल निर्माणको काम तिव्र गतिले भइ रहेछ, बर्खा अगाडि नै पुल बन्यो भन्ने विगत जस्तो दुः ख भोग्नु नपर्ला वुढाले भन्नु भयो । जाजरकोट डोल्पा १ सय १८ किलोमिटर सडकको नेपाली सेनाले एक बर्षअघि ट्र्याक ओपन गरेको थियो । अहिले सो सडकखण्डको स्तोरोन्नतीको नहुदा यातायात सन्चालनमा अफ्ठेरो हुने गरेको छ । यस सडकको दर्जन बढी नदि तथा खोलामा पुल नबन्दा स्थानीयबासीलाई समस्या हुने गरेको छ ।
घेत्मा खोलामा पक्की पुल बन्दै




फेसबुकबाट तपाईको प्रतिक्रिया