बलात्कार आरोपमा पुन पक्राउ

जाजरकोट १३, माघ
जाजरकोटमा एक महिलालाई बलत्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिंगाका ४६ बर्षिय दलबहादुर पुनलाई बलत्कार प्रयास गरेको आरोपमा जाजरकोट प्रहरीले पक्राउ गरेको छ । स्थानिय एक महिलालाई जर्वजस्ती गर्ने प्रयास गरेपछि ति महिलाले प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले पिडित महिलाको जाहेरीका आधारमा पुनलाई पक्राउ गरि छानवीन थालेको छ । ५ दिन थुनामा राखि अनुसन्धान गर्न जिल्ला अदालतले आईतवार आदेश दिएको छ । जर्वजस्ती करणी उद्योगमा उनलाई मुद्धा चलाउने प्रहरी निरीक्षक हेरम्ब पाण्डेले बताउनु भयो । उनलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको प्रहरी निरीक्षक पाण्डेले बताउनु भयो । जाजरकोटमा पछेल्लो समय बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरीले ४ महिनाको अवधिमा बलात्कार आरोपमा ६ जना भन्दा बढीलाई पक्राउ गरीसकेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया