बारेकोटको दोमिल्ला खोलामा बेलिब्रिज बन्दै

बद्री पन्त
जाजरकोट ८, माघ
बारेकोट गाउँपालिकाको ध्यापा टाकुरा लिम्सा सडकखण्ड अन्तर्गत दोमिल्ला खोलामा बेलिब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाले आफ्नै वजेट मार्फत बेलिब्रिज निर्माण गर्न लागिएको हो ।
गाउँपालिकाका इन्जिनियर महेश काफ्लेले बेलिब्रिजको लम्बाई ५४ मिटर र चौडाइ साढे तीन मिटर रहेको बताउनु भयो । असार मसान्त भित्रै निर्माण सक्नेगरी निशान निर्माण सेवा बारेकोटले बेलिब्रिज निर्माणको जिम्मा लिएको छ  । एक करोड १० लाख लागतको सो पुल व्यवसायीले ९० लाखमा काम सक्नेगरी जिम्मेवारी लिएका छन । बेलिब्रिजका लागि सामान अडर भइसकेको हुदा अव ‘फाउन्डेसन’ तयार गरिने र सोपश्चात् ‘ट्रस्ट’ जोडिने निर्माण व्यवसायी लोकबहादुर सिंहले बताउनु भएको छ । तोकिएको समयअवधीमै बेलिब्रिज निर्माण हुन्छ सिंहको भनाइ छ । पुल वनेपछि बारेकोट बासीलाई ठुलो राहत हुनुको साथै यातायात सेवा सन्चालनमा सहज हुने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।


गाउँपालिकाको केन्द्र लिम्सा जोड्ने ध्यापाटाकुरा –लिम्सा सडकखण्डको १३ किलोमिटर ट्र्याक एक वर्षअघि गाउँपालिकाले खोलेको थियो । अहिले सो सडकखण्डको स्तोरोन्नतीको काम अगाडि बढेको छ, अध्यक्ष शाहले भन्नु भयो । सडक सञ्जाल नजोडिएको बारेकोटका गाउँ पछिल्लो समय सडक सञ्जालमा जोडिदै गएपछि बारेकोटबासीले विस्तारै परिवर्तनको अनुभुती गर्न थालेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया