भेडाबाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी

बद्री पन्त
जाजरकोट ७, माघ
देशैभर पशु पालन व्यवसाय लोप हुदै गइरहेको बेला जाजरकोटका किसान भने पशुपालन व्यवसायमा अग्रसर देखिएका छन । उनीहरुले पछिल्लो समय भेडा बाख्रापालन व्यवसायलाई फस्टाउदै लगेका छन । भेडा बाख्राको माग र भाउ बढ्दै गएपछि जिल्लाभर व्यवसायिक बाख्रापालनको लहर चलिरहेको छ । बजारीकरण बढेपछि अधिकांश किसान व्यवसायिक भेडाबाख्रा पालनमा पेशामा आकर्षित भएका छन । गाउँगाउँमा सडक सुविधा पुगेपछि व्यापारीले घरघरमै आएर खसीबोका खरिद गर्न थालेका छन । स्थानीय बजारमा खसीबोकाको मासुको मूल्य बढ्दै गएपछि किसान यस पेशामा हौसिएका छन ।


भेडाबाख्रा लगाएत पशु पालनको राम्रो सम्भावना बोकेको गाउँपालिका हो बारेकोट । यहाँका कृषक भेडा तथा बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन । यहाँका प्रति किसानले बर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बारेकोट ४ जिरीका भेडा पालक कृषक धनबहादुर बोहराले बताए । यसले गर्दा दैनिक जीवन यापनमा समेत सहज भएको उनले भने ।
स्थानीय सरकारले भेडाबाख्रा पालक कृषकलाई थप प्रोत्तसाहन गर्न र नस्ल सुधारका लागि उन्नत जातका बोका थुँमा वितरण गरेर कृषकलाई सहयोग गर्दै आएका छन । सानो परिणाममा भेडाबाख्रा पाल्नेको कृषकको संख्या बढिरहेको छ । चरन क्षेत्र पर्याप्त हुँदा व्यावसायिक भेडाबाख्रापालन व्यवसाय फस्टाउदै गएको बारेकोट गाउँपालिकाका पशु प्राविधीक दिपक रावलले बताए ।


गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ, भने जाडो समयमा औल तथा बेसी तर्फ पाल्ने गरिन्छ । भेडा–बाख्राको उँनबाट राडिपाखी, काम्लो, फेरे लगाएतका मूल्यबान बस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन । कतिपय किसानले व्यवसायिक रुपमा भेडा–बाख्रापालन फर्म नै खोलेर व्यवसाय सन्चालन गरेका छन् यहाँका खसीबोका पोखरा, काठमाण्डौं, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पा लगाएतका जिल्लाहरुमा निर्यात हुने गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया