बद्री पन्त
जाजरकोट ७, माघ
पर्यटकीय महत्त्व बोकेको जाजरकोटको भेरी नगरपालिका २ बाहुनथानामा रहेको साङटा गुफा ओझेलमा परेको छ । संरक्षण र पूर्वाधार अभावमा समुद्र सतहदेखि १ हजार ५ सय मिटर उचाइको पर्यटकीय क्षेत्र ओझेलमा परेको हो । यसको संरक्षण गर्न सकेमा पर्ययटन प्रवधनमा ठुलो टेवा पुग्ने देखिन्छ । सदरमुकाम खलंगा नजिकै बाहुनथानामा रहेको साङटा गुफा आवश्यक संरक्षण र प्रचारप्रसार अभावले ओझेलमा परेको छ । जाजरकोटी राजाले करीव ३ सय बर्ष अघि गुरु मानेर पूजाआजा गर्न सिद्धबाबालाई रिझाउन राजा हरि शाह र उनका सन्तानले दरबारमै बस्न गरेको आग्रहलाई इन्कार गर्दै सिद्धबाबाले यसै गुफालाई आफ्नो ध्यान स्थल बनाएको स्थानीय बुढापाकाहरु बताउ छन । विशेष गरि शिवरात्री, चैते दशैं रामनवमी तथा स्वस्थानीका वेला सयौं भक्तजनहरुको उपस्थितीमा ठुलो मेला लाग्ने गरेको छ । गुफाको संरक्षण गर्न तत्कालिन जिल्ला विकास समितिको रकमबाट भक्तजनले भजन गर्ने घर, गुफासम्म पुग्ने बाटो र सिंढी निर्माण गरिएको छ । अध्ययन, प्रचारप्रसार र संरक्षण अभावले यो गुफा पनि ओझेलमा परेको छ । सदरमुकाम खलंगा देखि २ घण्टाको पैदल दुरीमा रहेको छ । आन्तरीक तथा बाह्य पर्यटक आकषिर्त गर्न सक्ने गुफा र मनोरम स्थल भए पनि संरक्षण र प्रचारप्रसार हुन नसकेको स्थानीय टेकबहादुर रोकायले बताए ।
जिल्लामा पर्ययटन पुर्वाधार निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकार र संघिय सरकारले २ करोड ३५ लाख वजेट विनियोजन भएको र यसवाट पर्ययटन पुर्वाधार निर्माणमा सहयोग पुग्ने डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले बताए । यस गुफा भित्र रहेका विभिन्न बस्तु तथा आकृतीले मान्नेको मनै लोभ्याउने गर्छ । जिल्लाका विभिन्न स्थानमा पर्यटकको मनै लोभ्याउने गुफा रहेका छन् । सबै गुफाको पहिचान पहिले नै भए पनि चर्चामा आउन सकि रहेका छैनन् ।
विभिन्न ठाउँमा रहेका गुफामा छेडागाड फाल्माको बाङकोट गुफा, नलगाडको डाँडागाउँ छेप्काको त्रिवेणी गुफा, भेरी नगरपालिकाका साङट गुफा, भुन्या गुफा र मैदेको चमेरे गुफा रहेको छन । मान्छेहरु हजारौं रुपैंया खर्च गरेर गुफा हेर्नकै लागि पोखरा स्थित महेन्द्र गुफा र चमेरे गुफा पुग्ने गरेको छन । गुफाको संरक्षण विकास तथा प्रचारप्रसार हुन सकिरहेको छैन । पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा पर्ययटन प्रर्वधनमा टेवा गुग्ने देखिन्छ ।
राराखबर । २०७६, ७ माघ मंगलवार