सुर्खेत, ८ असोज ।
दुई वर्षभित्रै कर्णाली अन्चलको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सडक संजालमा जोडिने भएको छ ।
कालिकोटदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माणको काम तिव्र गतिमा भैइरहेकोले आउदो २ वर्षभित्रै सडक संजालमा जोडिने भएको हो । कर्णाली करिडोर अन्तर्गत अहिले सडक निर्माणको काम भैइरहेको छ ।
कर्णाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले खनिरहेको सडकको स्थलगत निरीक्षण गरेपछि रक्षामन्त्री भिमसेनदास प्रधानले कर्णाली करिडोरको जिरो प्वाइन्टमा पक्की पुल नबन्दा सडक निर्माणमा केही ढिलाई भएको वताए ।
आगामी दुई वर्षभित्रै हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्ने उल्लेख गदै उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोडने खुलालमा पक्कि पुल नवन्दा निर्माणमा ढिलाई भएको उल्लेख गरे ।
कर्णाली करिडोरको निरिक्षणपछि नेपाल प्रेस युनियन सुर्खेतले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले सेनाले करिडोरको ४३ किलोमिटर सडक अवको दुई महिनाभित्रै निर्माण गरिसक्के बताए ।
निरीक्षणको क्रममा सडकसगसगै पुल निर्माणको जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय वासिन्दाले माग गरेको उनले वताए ।
स्थानीयको मागलाई ध्यानमा राखेर सडक विभागसंग आवश्यक समन्वन पुल निर्माणको काम अघि बढाउने पनि मन्त्री प्रधानले उल्लेख गरे ।
४ वर्ष अघि नै सडक विभागले ठेकेदारलाई पुल निर्माणको जिम्मा दिएपनि अहिलेसम्म पुल नवनेको उनले वताए । कर्णाली करिडोर निर्माणपछि कैलालीको जमुनाहदेखि तिव्वतको मानसरोवरसम्म सडक सुविधा हुनेछ । यो सडक ५ सय किलोमिटरको हुनेछ ।
राष्ट्रिय गौरवको यो आयोजनाको १९६ किलोमिटिर सडकमध्य १४५ किलिमिटर सडक सेनाले तिव्र गतिमा काम गरिरहेको रक्षामन्त्री प्रधानले जानकारी दिए ।
कर्णाली कारिडोर निर्माणको काम २०७१ सालबाट सुरु भएको थियो । रक्षामन्त्रीसंगै योजना आयोगका सदस्य हिरण्य प्रधान र बाजुराका सांसद बद्री कर्णाली करिडोरको निरिक्षण गरेका थिए ।
राराखबर । २०७४, ८ आश्विन आईतवार