सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ ।
वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् ।
बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । अधिवेशनअन्तर्गत आज उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने तालिका रहेको छ ।
बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुने र शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने कार्यतालीका रहेको प्रचार विभाग प्रमुख तिमिल्सेनाले जानकारी दिए ।
जिल्ला अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बुधबार बेलुका बसेको सचिवालय बैठकले नवौं जिल्ला अधिवेशनमा पेस गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदनसमेत पास गरेको छ ।
धिवेशनमा जिल्लाभरबाट ४९५ जना प्रतिनिधिहरु सहभागी हुने छन् ।
शनिबारसम्म चल्ने अधिवेशनले एमाले सुर्खेतको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने, नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गरिने बताएका छन् ।
जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी भएपनि वर्तमान अध्यक्ष अमृतबहादुर बिसी र जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटाबीच चुुनाव हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।
राराखबर । २०८०, ८ चैत्र बिहीबार