नलगाडमा २० हजार फलफूलका बिरुवा वितरण

बद्री पन्त
जाजरकोट ३१, असार
कृषि विकास उप शाखा नलगाड नगरपालिले १ हजार कृषकलाई फलफुलका विरुवा वितरण गरेको छ ।  फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि नगरका १ हजार कृषकलाई विभिन्न जातका वर्षे फलफुलका २० हजार विरुवा वितरण गरेको कृषि विकास उप शाखा नलगाडका प्रमुख महेश कुमार बिष्टले बताउनु भयो ।


नगर क्षेत्रलाई फलफुल पकेट खेतीका रुपमा विकास गर्नका लागि फलफूलका बिरुवा वितरण गरेको हो । कृषकलाई टिमुर २ हजार कागती ५ हजार, सुन्तला ४ हजार, आँप ६ हजार, अनार ५ सय विरुवा वितरण गरेको छ ।
त्यसैगरी मौरीको आँहाराको २ हजार ६ सय काउँला र पैंयूको विरुवा पनि वितरण गरेको छ । नलगाडको तल्लो भागमा आँप, अनार, विचमा कागती, सुन्तला र माथल्लो भागमा ओखर किवी, स्याउ खेतीको राम्रो सम्भावना रहेको नगर प्रमुख टेकबहादुर रावलले बताउनु भएको छ ।
पछिल्लो समय नलगाड क्षेत्रका कृषक फलफुल खेती तर्फ आक्र्रसित हुदै गएको नगर प्रमुख रावलले बताउनु भयो ।  नलगाडको १, २, ४, ८ वडा मौरी पकेट, ३ वडा सुन्तला कागती पकेट, ६ र ५ वडा आँलु, ओखर, किबी पकेट, ७ वडा आँप, लिच्ची पकेट, ९, १०, ११ वडा लसुन पकेट र १२ र १३ स्याउ पकेट क्षेत्रकोरुपमा घोषणा गरेको नगरले जनाएको छ । नगरले पशुपालन क्षेत्रमा पनि जोड दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया