बद्री पन्त
जाजरकोट
पहिरोले जाजरकोटको नलगाड नगरपालिका ३, बाँसकोटीका ४६ बर्षीय खम्बबहादुर रोकाय र ४ कोठीगाउँका भीमबहादुर डाँगीको घर बगाएको छ ।
दर्जन बढी जोखीममा परेका छन । गाउँ माथिबाट पहिरो खसेर घरमा क्षेती गरेको हो ।
पहिरोले ५० रोपनी पाखो तथा खेतमा लगाएको धान र मकै, फलफुल समेत नष्ट गरेको छ ।
पहिरोको कारण गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापा, लगाएत एक दर्जन घर जोखिममा परेका स्थानीय हेमन्त बुढाले बताउनु भयो ।

पहिरोले खेतबारीमा लगाएको धान तथा मकै बाली नष्ट गरेको छ, उहाँको भनाइ छ ।
कैना बाँसकोटी, कट्के, किटेनी जोड्ने सडक गाउ“ माथिबाट जथाभावी खन्ने काम गर्दा पहिरोको जोखिम बढेको बुढाले गुजासो गर्नु भयो । विकासले उल्टै विनास निम्त्याएको छ । नलगाड नगरपालिकाले अन्दाधुन्द सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको हो ।
वनजंगल बिनास भई पहिरो खसेको अर्का दिनेश खड्काले बताउनु भयो ।

स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबै बाढीपहिरोको जोखिममा रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनु भयो । बर्खा नसकीयको हुदा बाढिपहिरोबाट सजग रहन प्रजिअले सबैमा अनुरोध गर्नु भएको छ ।
जाजरकोटमा जथाभावी रुपमा मोटरबाटो खन्ने कार्य गर्दा पहिरोका जोखिम बढेको छ ।

जाजरकोटको खलंगा पा“चकाटीया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटीया पैक, पाँचकाटीया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्के लगाएत दर्जन बढी ग्रामीन सडक असार पहिलो सातादेखि सडकमा यातायात सेवा अबरुद्ध भएको छ ।
राराखबर । २०७८, २ भाद्र बुधबार