बाढीले विद्यालय बगाएपछि खुला आकाशमा पढाई

IMG_4903बद्री पन्त
जाजरकोट २४, साउन
लह –४ पिपलचौर स्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकाशमा पढाई गर्न वाध्य छन् ।
गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउ“दा विद्यार्थी खुला आकाशमा पढाई गर्न वाध्य भएका हुन् ।
बाढीले विद्यालयका २ भवन, चर्पी खानेपानी टंकी बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनु भयो ।
बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । यही बगरमा विद्यार्थीलाई राखेर पढाउन वाध्य छौं उहाँले भन्नुभयो ।
पानी पर्दा र चर्को घाम लागे पनि पढाई बन्द गर्नुपर्ने वाध्यता, फेरि बाढी पहिरो आउने हो कि भन्न डर पनि लागि रहन्छ उहाँले उल्लेख गर्नुभयो ।
पठनपाठन संचालन गर्नका लागि अन्यत्र ठाउ पनि छैन । यस बगरमा टहरो बनाउन सकिएको छैन । विद्यालयमा न चर्पी छ नत खानेपानीको ब्यबस्था छ, उनले भने । बाढीले विद्यालयको सम्पुर्ण भौतिक संरचनाको नाम निसाना नै राखेन, रावलले भन्नुभयो ।
विद्यालयमा बस्ने ठाउ नहु“दा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकोेले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिमावक तिलबहादुर रावलले बताउनु भयो ।
विद्यालय भवन नहु“दा पिपलचौरका ६ दर्जन विद्यार्थी पठनपाठनबाट बन्चित भएकोे उहाँले उल्लेख गर्नुभयो ।
IMG_4867५ कक्षासम्मको पढाई संचालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाई गर्दा विरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताउनु भयो ।
बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य संघ संस्था लगाएतमा अनुरोध गर्दा पनि कतैवाट सहयोग नभएको गुनासो गर्नुभयो
स्थानीय गुर्से खोलमा आएको बाढीेले पिपलचौर गाउका २६ घरपरिवार पहिरोको जोखिममा परेका छन् ।
लह“ गाविस भवन जोड्ने र नलसिंह गाड पहु“च सडक खन्दा जथाभावी फालेको माटोका कारण बाढी पहिरो आएको प्रधानाध्उयापक रावलले बताउनु भयो ।
बाढीले विद्यालय भवन बगाएर ७० लाखको क्षेती पुर्याएको प्रधानाध्यक रावलले उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया