क्यान्सर पीडितलाई जयन्तीको सहयोग

सुर्खेत, १५ माघ ।
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले क्यान्सर रोगबाट पीडित दैलेखका एक युवकलाई आर्थिक सहयोग गरेकी छन् । सिभिल अस्पताल काठमाडौमा क्यान्सर रोगको उपचार गरिरहेका भैरवी गाउँपालिका ५ का गणेश बहादुर शाहीलाई उनले दश हजार रुपैया सहयोग गरेकी हुन् ।
आर्थिक अभावको कारण उपचारमा गर्न समस्या भएको भन्ने खवर संचार माध्यममा पढेपछि आर्थिक सहयोग गरेको थापाले बताइन् । गणेशको उपचारमा सक्दो सहयोग गर्न आग्रह गदै उनले भनिन्, सानो सहयोगले कसैको जीवन जोगाउन सकिन्छ भने हामीले किन सहयोग नगर्ने ?

अहिलेसम्म २० लाख रुपैया खर्च भएको शाहीले बताए । डाक्टरहरुले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन् उनका दाई नेमबहादुरले भने, बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख खर्च हुन्छ । यति ठुलो रकम कसरी जुटाउने ?
आर्थिक सहयोग गर्न चाहनेहरुले मोबाइल नम्बर ९८५८०५१०४४ मा सम्पर्क गर्न सकिने उनले बताए । यस्तै क्यान्सर पीडित गणेश बहादुर शाहीको नाममा राष्ट्रिय बाणिज्य बैंक मैतीदेवी शाखा काठमाडौमा रहेको खाता नम्बर १५५००१७२९३१० मा पनि रकम जम्मा गर्न सकिने बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया