स्थानीय तहलाई ७ करोड रुपैया दिन, महामन्त्री खड्काको सरकारलाई सुझाव

नेपाल काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कोरोना भाइरसको महामारी विरुद्ध लड्नको लागिसवै स्थानीय तहलाई संघिय सरकारले ४ करोड र प्रदेश सरकारले ३ करोडका दरले रकम उपलव्ध गराउन सुझाव दिएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उक्त रकम आवश्यक पर्ने भएकोले तत्काल उपलव्ध गराउन सुझाव दिएका हुन् ।
उनले सवै जिल्लाको सिमाना, गाउँ नगरमा प्रयाप्त क्वारिनटीन बनाउनु पर्ने र परिक्षणपछि मात्र गाउँ पठाउने व्यवस्था मिलाउनु पर्ने पनि बताएका छन् ।
कर्णाली प्रदेश सरकारले अरु प्रदेशको तुलनामा कोरोनासंग जुध्नको लागि क्वारिन्टीन निर्माण, ब्यबस्थापन र सामाग्री े संकलनजस्ता तयारीको लागि प्रशस्त समय पाएपनि त्यो अनुसारको काम गर्न नसकेको महामन्त्री खड्काको भनाई छ ।


कोरोना भाइरस संक्रमणले भुसको आगोको रुप लिन सक्ने भन्दै र्टीको तर्फबाट आफुहरुले केन्द्र र प्रदेश सरकारलाई विभिन्न बैठक, फोन, समाजिक सन्जालमार्फत सल्लाह सुझाव दिएको उनले बताए ।
संचार जगतले रातदिन सजक गराउँदा पनि सरकारले त्यसलाई वेवास्था गरेको गुनासो उनको छ ।
सरकारले ध्यान नदिदा देश, अनि कर्णाली प्रदेशमा कोरोना भुसको आगोको रुपमा दन्कदै गएको भन्दै समयमै विचार पुरयाउने पनि उनले सुझाव दिएका छन् ।
उनले कर्णाली प्रदेश प्रवेस गर्ने बबईको आरक्षयणको भुभागमा र पश्चिमको कुईनेमा सेनालाई परिचालन गरि युद्ध स्तरमा क्वारेन्टाइन बनाउन पनि सुझाएका छन् ।
महामन्त्री खड्काले भारतबाट आएका नागरिकको रेन्डम सेम्पलिङ् गरेर होईन सबैको अनिवार्य रुपमा पिसीआर परिक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया