कर्णाली प्रदेश समन्वय परिषद् बैठक सुरु

सुर्खेत, १४ माघ ।
कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सोमवारदेखि सर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको प्राकृतिक स्रोतको उचित उपयोग, त्यसको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकरुपता ल्याउन बैठक आयोजना गरेको बताए ।
स्थानीय तह र प्रदेशवीचको समन्यको अभाव उत्पन्न भएका जटिलताहरुको पहिचन गरी समाधानका उपायहरु खोज्ने पनि उनले बताए ।
केन्द्रबाट आएको बजेटले कर्णालीको अपेक्षित विकास हुन नसकेको उल्लेख गदै उनले अव विकासले तिव्रता लिने दावी गरे । दुई दिनसम्म चल्ने बैठकको अन्तमा दुई तहका साझा बुझाइलाई एकीकृत गरेर प्रतिबद्धतासहितको घोषणा पत्र जारी गर्नेछ ।
बैठकमा कर्णाली प्रदेशबाट प्रतिनिधी सभामा प्रतिनिधत्व गर्ने सासंद, प्रदेश सभा सदस्य, प्रदेश सरकारका मन्त्री, जिल्ला समन्वय समिति, नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया