बाढीपीडित बस्तीमा लाइन्सको पाइप सहयोग

सुर्खेत
लायन्स क्वल डिस्ट्रक ३२५ डिटुले सुर्खेत गिरीघाटको बाढीपीडित बस्तीमा खानेपानी ल्याउन पाइप सहयोग गरेको छ ।
अस्थायी रुपमा गिरीघाट बस्तीमा बस्दै आएका ५० घरधुरीलाई खानेपानीको व्यवस्था गर्न २२०० मिटर पाइप वितरण गरिएको छ ।
बाढीपीडित बस्तीमै पुगेर लायन्स क्लव डिस्ट्रिक गभर्नर शम्भु नकर्मीले पाईप वितरण गरेका हुन ।


कर्णालीका लाइन्स क्लवहरुले सहयोग गरेको पाइप नकर्मीले बराहाताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतलाई हस्तान्तरण गरेका हुन ।
लायन्स क्लवले नै बाढीपीडित शिविरका पाँच जनाको परिवारलाई स्वास्थ्य वीमा समेत गरिदिएको छ ।
खानेपानीको लागि पाइपसहित लायन्स क्लवको ३ लाख रुपैयाको सहयोग गरेको गर्भनर नकर्मीले बताए ।


हस्तान्तरण कार्यक्रममा लाइन्स क्लवका डस्ट्रिक कोर्डिनेटर टीकाराम चपाई, एरिया चिफ हरिहर बस्नत, जोन चियर प्रर्सन भ्रद्र भण्डारीलगायतको सहभागीता रहेको थियो ।
यसैवीच गर्भनर नकर्मीले लाइन्स क्लवको कार्यालय समेत उद्घाटन गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया