एमयु निवार्चन

एमयुमा मतदान जारी (तस्वीरसहित)

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको  मतदान सुरू भएको छ । सोमबार बिहान ७ बजे देखि भनिए पनि ९ बजेबाट मतदान सुरू भएको हो।

स्ववियुका लागि ८ जना अध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

जसमा नेपाल विद्यार्थी संघले अध्यक्ष पदका लागि विवेक खड्कालाई उम्मेदवार चयन गरेको छ।

अनेरास्ववियुले जगतजंग शाही  र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट चिनबहादुर सहकारी अध्यक्ष पदका उम्मेदवार बनेका छन्, भने नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनारले उम्मेदवारी दिएकी छन्। त्यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी उम्मेदवार बनेका छन्।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वलीले उम्मेदवारी दिएका छन्, जबकि मिलन विसीले स्वतन्त्र रूपमा उम्मेदवार छन् ।

तस्वीरहरू;




फेसबुकबाट तपाईको प्रतिक्रिया