नलगाडको नगर भवन बन्दै

बद्री पन्त
जाजरकोट ३१, असार
नलगाड नगरपालिकाले दल्लीमा नगरको भवन निर्माण कार्य सुरु गरेको छ । ७५ लाख लागतमा ६ कोठे नगर भवन निर्माण थालेको हो । भाडाको घरमा नगरपालिकाले २ बर्ष देखि कार्य सन्चालन गर्दै आएको छ । वठा कार्यालयहरु पनि भाडाकै घरमा सन्चालित छन् । आगामी चैतमा भवन निर्माण सक्ने गरी काम धमाधम भइ रहेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनु भएको छ ।
नलगाड नगरपालिले सडक, भवन, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा लगाएत क्षेत्रमा शिेष जोड दिएको ९ का वडा अध्यक्ष विष्णु विकले भयो । नलगाडबासीले विस्तारै सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने सरकारी नाराबाट परिवर्तनको अनुभुती गर्न थालेको ८ का वडा अध्यक्ष गोविन्द्र शाहीले बताउनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया