बद्री पन्त
जाजरकोट ३१, असार
जाजरकोटको नलगाड नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ ।विद्यालयको भवन निर्माण भएपछि बालवालिकाहरुलाई पठनपाठनमा सहज हुने भएको छ ।
नलगाड ९, को बाँसकोट स्थित जन स्वास्थ्य प्राथामिक विद्यालयको ४ कोठे भवन निर्माण भएका वडा अध्यक्ष विष्णु विकले बताउनु भयो ।
४ कोठे भवनमा नगरको ७ लाख र जन श्रमदान १ लाख गरी ८ लाख लागतमा भवन निर्माण भएको अध्यक्ष विकले बताउनु भयो । भवनको तल २ कोठा र माथि २ कोठा गरी ४ कोठा रहेका छन ।
यस विद्यालयमा भवन अभाव हुदा बालवालिकालाई पठनपाठनमा समस्या थियो । १ सय ६२ जना बालबालिका अध्ययनरत छन् ।
केहि बर्ष अघि बनेको भवनमा रङरोगन लगाउने काम तथा आगामी बर्ष विद्यालयको घेराबार निर्माणमा वजेट व्यवस्था गर्ने पनि विकको भनाई छ । शैक्षिक सुधारका लागि आफुले पहल गरिरहेको विकको भनाइ छ ।
नगर भित्र रहेका विद्यालयको शैक्षिक अवस्था सुधार गर्न नगरबाट विशेष पहल भइ रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनु भयो ।
सबै विद्यालयमा फनिचर व्यवस्थापन गर्ने, घेरावार, भवनमा रङरोगन लगाएत काम गरेर शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्ने लक्ष्य छ, सिंहले भन्नु भयो ।
राराखबर । २०७६, ३१ असार मंगलवार