पदम के सी जाजरकोट
बादरले खेती बाली नस्ट पारे सङ्गै नलगाड नगरपालिका -५, का किसानहरु चिन्तित बनेका छन।
बालिमा आएको बादर धपाउने कुनै उपाया नभए पछि उनिहरु दिन रात खेतमा बादर कुरेर बस्नु परेको बताउछ्न।
नलगाड नगरपालिका ५ पोखरका किसानहरु को बाँस हिजो आज खेतमै हुने गरेको छ। खेतमा आउने बादर र स्याल धपाउदैमा उनिहरुलाइ फुर्सद छैन।
खेतमा लगाएको मकै बाली पाक्न लागेको छ। दुखले फलाएको मकै बादरले खाए पछि उनिहरु चिन्तित बनेका हुन ।
किसानहरु बादरले पाक्न लागेको बाली सखाप पार्न लगेकोले रात दिन बादर धपाउन बनाइएको गोठमा बस्नु परेको किसानहरुको भनाइ छ ।
किसानहरु अहिले राट भरी स्याल र बादर कुरेर समय बितेको बताउछ्न।
रात दिन नै बादर र स्याल धपाउनका लागि गोठमा बस्नु परेकोले आफ्नो अरु उध्यम गर्ने अमुल्य समय बर्बाद हुने गरेको बताउछ्न।
गिठको नजिक तिर कुकुरलाइ बाधेर राखेको तर स्याल र बादरको हुल अर्को छेउअतिर बाट मकैको खेतमा पस्ने भएकोले आफुहरु बस्नुनै पर्ने नलगाड न पा ५ का किसान तप्त ओलिले बताउछ्न।
उनी भन्छ्न रात दिन मिहिनेत गरिरहनु पर्दा राम्रो सङ्ग खाना सुत्न समेत नपाइने ओलिको भनाइ छ।
ओकिका अनुसार रातमा केही बेर सुत्नका लागि आफ्नी सिरानी सम्माको डोरि बनाएर बिचमा घाँडो बाधेर बिउझिएको समयमा डोरि हल्लएर घाँडो बजाएर बादर धपाउने गरेको ओलि बताउछ्न।
राराखबर । २०७७, २२ भाद्र सोमबार