विप्लव माओवादी भन्छ– अवको निसाना भ्रष्टकर्मचारी र जग्गा दलाल

सुर्खेत, ४ असार ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सुर्खेतले अवको संर्घष भू–माफिया, शैक्षिक माफिया, कारोवजारी गर्नेहरुका विरुद्ध केन्द्रीत गर्ने जनाएको छ ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी माओवादीले उर्वर भूमि प्लटिङ्ग गरी सर्वसाधारण ठग्ने, अटोपास गरी ठग्ने, चर्के व्याज असुल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । नेकपा माओवादी सुर्खेतका इन्चार्ज हिमालले भने भू–माफिया, शैक्षिक माफिया, कारोवजारी गर्नेका विरुद्ध जनताका धेरै गुनासा आएकोले अव उनीहरुलाई पार्टीले जनकारवाही गर्छ । मालपोत, नापी कार्यालयका कर्मचारी र जग्गा दलालको मिलेमतोमा जग्गा प्लटिङ्ग गर्ने, अटोपास गर्ने, मिटर व्याज लिने लगायतका गतिविधी भैइरहेको उल्लेख गदै उहाँले भन्नुभयो त्यसमा संलग्न सरकारी कर्मचारी र जग्गा दलाललाई चाडै कारवाही गछौ ।20160618_115426
विकासमा भष्टाचार गर्ने इन्जिनियर देखि अन्य सरकारी कर्मचारी हुदै ठेकेदारलाई पनि कारवाही गर्ने माओवादीले चेतावनी दिएको छ । विकासको लागि गएको रकमको विल मिलाएर खाने गरेको गुनासो आएको भन्दै चन्द नेतृत्वको नेकपा माओवादी सुर्खेतका सेक्रेटरी प्रकाश ओलीले त्यस्ता कर्मचारीलाई कारवाही गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले कालोबजारी गर्नेदेखि भष्टाचार गर्ने हुदै अटोपासको नाममा ठगी गर्नेको पहिचान समेत गरिएको वताउनु भयो ।
चार्के व्याजका कारण कतिपयको विचल्ली परेको भन्दै माओवादीले कालोबजारी गर्ने, चर्को व्याज लिने, अटोपास गर्ने, भू माफिया देखि शैक्षिक माफियासम्मलाई जनकारवाही गर्ने सेक्रेटरी ओलीले चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा जनताको पक्षमा काम गर्दा सरकारले आफना नेता तथा कार्यकर्तालाई प्रक्राउ गरी दुख दिएको माओवादीले जनाएको छ । भष्टहरुको संरक्षण गर्न खोजेको आरोप लगाउदै एनसेलमाथी गरिएको कारवाहीवाट सरकार उत्तालिएको आरोप पनि माओवादीले लगाएको छ । कालो बजारी, घुसखोरीका विरुद्ध यही असार ७ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने समेत चन्द नेतृत्वको माओवादीले वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया