आफ्नो वन संरक्षणमा जुटे लहँवासी, वडाध्यक्ष पन्त भन्छन्, वन संरक्षण नभएन आउने पुस्तालाई समस्या हुन्छ

चिउरी रानीवन उपभोक्त समितिको अध्यक्ष जयबहादुर रावल चयन

भीम बहादुर खड्का
जाजरकोट
जाजरकोट नलगाड नगरपालिका -४, का बासिन्दा आफ्नो वन संरक्षणमा जुटेका छन् । औल, सिमा, भेरिखर्क, जोगिनदारा सेवा क्षेत्र भित्र पर्ने चिउरी रानीवन सामुदायिक वन उपभोक्ता समिति मार्फत उनीहरु वन संरक्षणमा जुटेका हुन ।
वन संरक्षण गर्नको लागि स्थानीय समाजसेवी जयबहादुर रावल अध्यक्षतामा उपभोक्ता समिति पनि उनीहरुले गठन गरेका छन् । नव गठित ११ सदसिय उपभोक्त समितिको उपाध्यक्षमा कुमारी रावल, सचिवमा हेमन्त रावल, कोषाध्यक्षमा छिता रावल रहेका छन् ।


यस्तै केशव रावल, जयबहादुर थापा, तिलबहादुर ओली, प्रेमकुमारी रावल, जानकी बटाला रावल, दिलमाया रावल र गीता मल्ला सदस्यमा चयन भएका छन् ।
वडाध्यक्ष बद्री पन्त, पूर्व वडाध्यक्ष प्रेमबहादुर रावल, इलाका सव डिभिजन कार्यालयका प्रतिनिधी भीमबहादुर शाही, शिक्षक सुदाम गौतम, समाजसेवी हिरालाल रावल, भक्तबहादुर रावल लगायतको उपस्थीतिमा वन उपभोक्ता समिति गठन गरिएको हो ।


उपभोक्ताको भेलाले वनको कार्ययोजना निर्माण गर्ने, पूर्वमा तिपतिपे, पश्चिममा नाउली, उत्तरमा माइकादर्काको बाटो देखि दक्षिणमा झुम्रेखोलासम्म तथा पूर्वमा गलगलाइनाको पानीदेखि पश्चिममा जुकेखोला औलीस्यानी, उत्तरमा जगुले ओवा र दक्षिणमा आमादेखि माथी चारकिला भित्र चरिचरण वन्द गर्ने निर्णय गरेको उपभोक्ता समितिका अध्यक्ष जयबहादुर रावलले बताए ।
उनका अनुसार चरिचरन वन्द भएपनि उपभोक्ताले त्यस क्षेत्रभित्र रहेका आफ्ना खरवारीहरु बोट विरुवाहरु कटान नगरी प्रयोग गर्न पाउने छन् ।


उक्त कार्यक्रममा सहभागी वडाध्यक्ष पन्तले वन जंगल संरक्षण गर्नु सवैको दायित्व भएकोले बताए । उनले आगामी बर्ष यो वन क्षेत्रभित्र पर्ने नाङ्गा ठाउँहरुमा वडासरकारले आयमुलक जातका व्यापक विरुवाहरु रोप्न उल्लेख गरे ।
बर्षेदेखि खुलाचरिचरन र जथाभावि छाडिएको वनलाई व्यवस्थीत गर्न उपभोक्त समिति गठन र चारकिल्ला तोकिएसँगै अव वन संरक्षण हुने आशा पलाएको लहँबासीहरु बताउँछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया