बहुमूल्य जडिबुटीको चोरी तस्करी बढ्यो

बद्री पन्त
जाजरकोट २२, भदौ ।
जाजरकोट जिल्लाको उच्च लेकाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटीको चोरी तस्करी बढेको छ । रोकथाम गर्ने तर्फ कसैको चासो नजादा तस्करी बढेको हो
जाजरकोट, जुम्ला र डोल्पाको जिल्लाकोे सिमाना चाखुरेबाट बहुमूल्य जडिबुटीको तस्करी बढेको हो ।
तीन जिल्लाको सीमाना चाखुरेमा सरकारी उपस्थिती नहुदा चोरी पैठारी हुने नायकवाडा २ भीमबहादुर सिंहले बताउनु भयो ।

उत्तरी क्षेत्र बारेकोटको नायकवाडा स्थित चाखुरे, देउराली, साइकुवारी, सागवारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा उच्च क्षेत्रमा पाईने कटुको, पाँचऔंले, समयो, गुच्चीच्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरी लगाएत बहुमूल्य जडिबुटीको अबैध चोरी पैठारी बढेको छ ।

चोरी पैठारी बढेपछि उक्त जडिबुटी लोप हुने अबस्थामा पुगेको सिंहको उल्लेख गर्नुभयो ।
खुला सिमानाका कारण तस्करहरुले लाखौं मुल्यको जडिबुटी अबैध रुपमा तस्करी गर्दै आएका छन ।
IMG_2829जथाभावी चोरीनिकासी बढ्न थालेपछि नायकवाडाबासीले रोकथामका लागी पहल गरिदिन माग गरेका छन ।
जथाभावी चोरी तस्करी बढ्न थालेपछि मूल्यबान जडिवुटी लोप हुदै गएका छन् ।
DSCN3284तस्करले लाखौंको राजस्व छलि गरेर मूल्यबान जडिवुटी उत्तरी नाका डोल्पा, जुम्ला, मुगु, हुम्ला हुदै चिन तर्फ पुर्याउने गरेका छन् ।
४१ सय फिट उचाइमा रहेको चाखुरे सिमानाबाट तस्करी बढेको हो । जिल्ला वन कार्यालयले दिन प्रतिदिन भैइ रहेको चोरीनिकासी रोक्न कडा कदम चाल्ले जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनु भयो ।
बन कर्मचारी, प्रहरी, स्थानीय सामुदायीक वन उपभोक्ता समितिलाई परी चालन गरेर जडिवुटीको चारी तस्करी रोकथाम गर्ने बताउनु भयो ।
IMG_2836द्धन्द्धको समयमा विस्थापीत भएको इलाका वन कार्यालय लिम्सामा वन कर्मचारी अभावले पनि समस्या पारेको पटेलको भनाइ छ ।
चोरी तस्करी रोक्न वन कार्यालयले जडिवुटी संरक्षण तथा सम्बर्दन गर्न लागेको बताउनु भयो ।
जडिवुटीको उचित संरक्षण नहुदा लेकाली पाटन नै रितिदै गएका छन । सरोकारवाला निकायको ध्यान नजादा जिल्लाका मुल्यवान बुटी लोप हुने अवस्थामा पुगेका छन ।
चाखुरे नाकामा सरकारी उपस्थिती नहुदा मुल्यबान जडिबुटीको चोरीनिकासी तथा संरक्षणमा समस्या भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया