शिक्षक नै शैक्षिक सुधारका वाधक – जिशिअ दीपा हमाल

473143_292634300820804_1658725764_oसुर्खेत, २२ भदौ ।
सुर्खेतका जिल्ल शिक्षा अधिकारी दिपा हमालले सामुदायिक विद्यालयका शिक्षकले नै आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक विकासमा समस्या भएको बताउनु भएको छट ।
३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा बीरेन्द्रनगरमा भएको कार्यक्रममा उहाँले शैक्षिक सुधारको लागि सवैभन्दा पहिले सामुदायिक विद्यालयका शिक्षकहरु सच्चिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै पनि क्षेत्रमा लगानी विनाको प्रतिफल खोज्नु व्यर्थ हुने उल्लेख गदै प्रतिफलको लागि लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विगतको तुलनामा सुर्खेतमा शैक्षिक सुधार आएपनि सरकारी विद्यालयमा शिक्षाको लागि गरिएको खर्चको तुलनामा उपलब्धि हुन नसकेको उहाँले दावी गनुृभयो ।
कार्यक्रममा सहभागीले भने सरकारले शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न नसकेको आरोप लगाएका छन ।
उनीहरुले अव राज्यले शिक्षामा लगानी गर्छ भनेर मुख ताक्नु भन्दा जनता आफै शैक्षिक विकासको लागि सक्रिय हुनु पर्ने उल्लेख गरेका छन ।
‘सामुदायिक विद्यालयको शैक्षिकस्तरको बारेमा सरोकारवालाले समीक्षा गरी बार्षिक शैक्षिक योजना निमार्ण गर्न आवश्यक रहेकोमा जोड दिएका छन ।
कार्यक्रममा विद्यालय निरीक्षक नरेश भट्टराई, इत्राम स्कुलका प्राचार्य गेहेन्द्रप्रसाद दाहाल, पत्रकार श्रीधर पौड्याल लगायतले विद्यालय तहको परिमार्जित पाठ्यक्रमले जीवनोपयोगी शिक्षालाई समेटनु पर्नेमा जोड दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया