कर्णाली केयर अस्पतालद्वारा प्रशान्ती बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क उपचार

सुर्खेत
कर्णाली केयर अस्पताल सुर्खेतले प्रशान्ती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई उपचार गरेको छ । नयाँ बर्षको अवसरमा उनीहरुको निशुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण गरिएको अस्पतालका निर्देशक दिपक गौतमले बताए ।


सामाजिक सेवा अन्तर्गत अस्पतालले वेलावेलामा यस्ता कामहरु गर्दै आएको छ,उनले भने, त्यसकै निरन्तरता स्वरुप नयाँ बर्षको दिन प्रशान्ती बृद्धाश्रमका जेष्ठ नागरिकको उपचार गरिएको हो ।


बृद्धाश्रममा रहेका झण्डै ३० जना जेष्ठ नागरिकलाई मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी र डा. डेभिड वौडेलले स्वास्थ्य चेकजाँच गरेका थिए ।


डा. डिभिड बौडेलले बृद्धाश्रममा रहेका जेष्ठ नागरिकमा सुगर, प्रेसर, रुघाखोकी, पिसाव संक्रमणका लक्षणहरु, कव्जियत र छाला सम्वन्धी समस्याहरु देखिएको बताए ।


त्यस अवसरमा जेष्ठ नागरिकलाई फलफुल पनि दिइएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया